२०८२ मङ्सिर १९ गते शुक्रवार

मेला महोत्सव बन्द गराउन उवासघंले बुझायो उपमहानगरपालिलाई ज्ञापन पत्र

तुलसीपुर,कात्तिक २९ । तुलसीपुर उद्योग वाणिज्य सघंले क्लवहरुले मनोमानी ढगंले मेला महोत्सव लगाउन थालेको भन्दै त्यस कार्यलाई तत्काल बन्द गर्न तुलसीपुर उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । करिब २ वर्षसम्म कोभिडले थिलो–थिलो पारेको व्यवसाय क्षेत्रलाई मेला महोत्सव सञ्चालन गरि झनै समस्यामा पार्न खोजेको भन्दै सघंले मंगलवार उपमहानगरपालिकालाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको छ ।

बिना उद्देश्य ब्यक्तिगत फाईदाका लागि क्लबहरुले मेला महोत्सव लगाउन लागेको र उपमहानगरपालिकाले यसलाई नरोकेमा भोली देखि नै चरणबद्ध आन्दोलन गर्ने सघंका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिए । उनले व्यवसायीका माग सम्बोधन नभए बजार बन्द देखि उपमहानगरपालिकालाई ब्यबसाय कर,सरसफाई कर सबै बन्द गर्ने सहितका आन्दोलनका कार्यक्रमहरु गर्ने चेतावनी पनि दिए ।

सघंका महासचिव बिनिल केसीले रमाइला मेलाका नाममा सञ्चालन गरिने व्यवसायीक मेला अबदेखि सघंले पनि नगर्ने र कुनै पनि व्यक्तीले क्लवका नाममा सञ्चालन पनि नगर्ने निणर्य भएको र यसको पालना सबैले गर्नुपर्ने बताए ।

उनले भने,‘सांस्कृतिक मेलाका नाममा पातुखोलामा लगाइएको मेलाले पनि व्यवसायमा ५० प्रतिशत घाटा पु¥याएको छ,कार्यक्रमका नाममा दिउंदै जुवा खेलाउने गरि बिकृती फैलाउने काम भएको छ,तर यसप्रति स्थानीय प्रसासन,उपमहानगरपालिका सबै मौन छ,यसलाई तत्काल बन्द गराउनुपर्छ ।’

सघंका पुर्व अध्यष बिमल रिजाल,बिरु रावतले यो मेला बन्द नभएमा ठुलो दुर्घटना निम्तने भन्दै सिडियो कार्याललयलाई पत्र पठाएर यो कार्य रोक्न उपमहानगरलाई आग्रह गरे ।

त्यस अवसरमा ज्ञापन पत्र बुझ्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले मेला महोत्सव सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिकाले कुनै अनुमती नदिएको बताएका छन ।

‘पहिले सामान्य निवेदनका भरमा मेला महोत्सव लगाउन अनुमति दिने प्रचलन थियो,जब बिचमा विवाद आयो,मितेरी युवा क्लवले व्यवसायीक मेला लगाउने भनि दिएको अनुमति रद्ध गरेर सांस्कृतिक कार्यक्रम गर्ने भनि कार्यपालिकाले निणर्य गरेपछि अनुमति दियौ,त्यसमा कुनै व्यापारिक स्टलहरु नराखि कार्यक्रम मात्र गर्ने उल्लेख गरिएको थियो, त्यसको समय सकिसकेको छ,अब पनि अराजक रुपमा अटेरी गरेमा सुरक्षा निकाय सहित हामीले हस्तक्षेप गर्नुको विकल्प छैन।’

उनले उद्योगी व्यवसायीहरुको शान्ति सुरक्षाका सवालमा उपमहानगरपालिका सकारात्मक रहेको पनि तर्क गरे ।

व्यवसायीहरुसगंको छलफल पछि तुलसीपुर उपमहानगरपालिकाले युथ अफ क्लव तुलसीपुरले सञ्चालन गर्न लागेको मेला महोत्सवको लागि उपमहानगरले अनुमति नदिएको भन्दै तत्काल उक्त कार्य स्थगित गर्न जिल्ला प्रशासन कार्यालय दाङलाई परिपत्र गरेको छ ।

‘कार्यपालिकाको निणर्य नभएसम्मका लागि मेला महोत्सव प्रक्रिया अघि नबढाउन प्रत्राचार गरिएको सन्दर्धमा सम्बन्धीत ठाउँमा मेला महोत्सवको अनुमति नदिएकै अवस्थामा सर सामान ल्याउने जस्ता अटेरी क्रियाकलाप भैरहेको अवस्थामा तत्काल उक्त कार्य रोक्नका लागि पत्राचार गरिएको छ,पत्रमा भनिएको छ,’जुन कार्यबाट शान्ति सुरक्षामा समेत खलल पुग्ने देखिएकोले तत्काल उक्त कार्य रोक्न बन्द गराउन अनुरोध छ ।’

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *