२०८२ मङ्सिर २४ गते बुधवार

पशुपति महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औ साधारसभा

तुलसीपुर,कात्तिक २९ । पशुपति महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औ वार्षिक साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । मगलबार एक कार्यक्रमका बिच संस्थाको १५ औ वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको हो ।


संस्थाका अध्यक्ष यमुना शाह कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि संविधान सभा सदस्य अनारकली मिँयाले सहकारीले महिलाहरुको जिबनस्तरमा परिबर्तन ल्याएको बताइन । उनले बचत गर्ने बानिले आर्थिक रुपमा महिलाहरुलाई बलियो बनाउनुका साथै स्वाभलम्बिक बन्ने तर्क गरिन ।

कार्यक्रममा निवर्तमान महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष सुष्मा गिरीले सहकारीले बचत गर्ने मात्र नभई नेतृत्वदायी भूमिका निर्वाह गर्ने काम गरेको बताइन । उनले महिलाहरुलाई एकताबद्ध गराउन पशुपतिले सहकारीले महत्वपूर्ण भूमिका खेलेको र नमूना सहकारी बनेको भन्दै प्रसंसा पनि गरिन ।

त्यस्तै सहकारीको संस्थापक अध्यक्ष प्रभा खड्का,भुमी आयोग जिल्ला सदस्य कमला जिसिले सहकारीले निम्न आय भएका महिला दिदीबहिनीलाई थोरै बचतबाट धेरै ऋण कर्जा लिई व्यबसायीक बन्न अभिप्रेरित गरेको बताइन ।


त्यस अवसरमा दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक गिरिले सहकारीलाई स्तरबृद्धी गरि नमुना सहकारीको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए ।


त्यस अबसरमा

लेखा सुपरिवेक्षण समितिका संयोजक सितारा नेपालीले लेखापरीक्षण प्रतिबेदन प्रस्तुत गरेकी थिइन । सस्थाका उपाध्यक्ष लक्ष्मी वलिको स्वागत मनत्बय बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब सुशिला भटटाराईले गरेकी थिइन् ।

साधारसभामा विभिन्न महिलाहरुलाई सम्मान एवं पुरस्कृत गरिउको थियो । उक्त सहकारी संस्थामा हाल ७ सय १८ सेयर सदस्य महिलाहरु आबद्ध छन ।

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *