तस्विर ः फरककोण ।
तुलसीपुर, कात्तिक २७ । निर्वाचन नजिकिंदै गर्दा तुलसीपुर बहुप्राविधिक शिक्षालयको निकै चर्चा भएको छ । यो शिक्षालय पुर्व मेयर घनश्याम पाण्डेको लगानीको हो कि, प्रदेश सरकारको स्वामित्वको होकि वा तुलसीपुर उपमहानगरपालिकाको स्वामित्वको हो भन्ने कतै पनि संकेत देखिंदैन ।
यहि अवस्थामा तुलसीपुर मेट्रो कलेजका सन्दर्भमा निकै टिका टिप्पणिहरु हुन थालेका छन् । विधि र विधानमा तुलसीपुर बहुप्राविधिक शिक्षालय चलेको छैन । मेट्रो कलजेका लेटरप्याड देखि सो कलेजका बिद्यार्थी बोक्ने सवारी साधन र प्राचार्यका लागी खरीद गरिएको गाडिमा राखिएको नम्बर प्लेटले पनि यो कलेजलाइ निति जस्तै झल्को दिन्छ ।
विद्यार्थीबाट शुल्क लिइएको छ, नलिइएका केहि विद्यार्थिहरुको शुल्क तुलसीपुर उपमहानगरपालिकाले भुक्तानी गर्दै आएको बुझिन्छ । तर खासमा यो संस्था के हो? आम नगरबासीहरुले यहि प्रश्न गरिरहेका छन् ।
खासमा तुलसीपुर बहुप्राविधिक शिक्षालय तत्कालिन नगरप्रमुख घनश्याम पाण्डेका आसेपासेहरुलाइ जागिर व्यवस्थापनका लागि स्थापना भएको पनि नगरबासीहरुले विभिन्न सामाजिक सञ्जालमा लेखेका छन् ।
मेट्रो कलेजमा जागिरे कसरी राखिएको छ, क–कसलाइ जागिरे बनाइएको छ जस्ता विषयबस्तुले चर्चा पाइरहंदा एउटा विद्यालयको जग्गा उपमहानगरपालिकाले हडपीरहंदा भाडा समेत नतिरेको देखिन्छ, ता कि सेन्टर माविको जग्गामा फलफुल तथा तरकारी बजार व्यवस्थापन गर्दा सो विद्यालयलाइ तुलसीपुर उपमहानगरपालिकाले भाडा समेत तिरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको भनिएका तुलसीपुर बहुप्राविधिक शिक्षालय तथा तुलसीपुर मेट्रो कलेजमा प्रदेश सरकारको १६ करोड ८० लाख रुपैया लगानी देखिएको छ ।
तत्कालिन सामाजिक विकास मन्त्रलय र अहिलेको युवा खेलकुद तथा शिक्षा मन्त्रालय मार्फत प्रदेश सरकारले तीन आर्थिक वर्षमा १६ करोड ८० लाख रुपैया लगानी गरेको हो ।
प्रदेश सरकारको उक्त रकम सहिरुपमा सदुपयोग भएको छ की छैन भन्ने विषयमा विभिन्न आशंकाहरु समेत उब्जन थालेका छन । कलेलमा कर्मचारी भर्नमा पार्टीको भर्ती केन्द्र बनाएका तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर तथा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार घनश्याम पाण्डे र मेट्रो कलेजमाथि छानविन गर्नुे पर्ने अवस्था आएको सत्ता गठबन्धनका उम्मेदवारहरुले बताएका छन ।
तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)को नाममा प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८मा ८ करोड आव ०७८÷०७९मा ८ करोड र चालु आर्थिक वर्षमा ८० लाख रुपैया बजेट आएको छ ।
दाङ क्षेत्र नम्बर ३(१) प्रदेश सभा सदस्यका गठबन्धनका साझा उमेदवार नेपाली कांग्रेसका नेता डिल्ली बहादुर चौधरीले मेट्रो कलेजमा व्यापक अनियमितता भएको आशंका गरेका छन ।
उनले एमालेका प्रदेश सभा सदस्यका उमेदवार घनश्याम पाण्डेबाट प्रदेश सरकारले दिएको बजेटको हिसाबकिताब खोज्न बाँकी रहेको बताए । ‘कलेज स्थापनाको लागि प्रदेश सरकारले दिएको १६ करोड बजेट बजेट खोई, हिसावकिताव दिनुप्रदैन ?’ उनले भने–‘घनश्याम पाण्डेले मेट्रो कलेज बनाउने बहानामा कमाउने धन्दामा लागेका आरोप लगाए ।’
मेट्रो कलेज स्थापना गर्नु राम्रो भएपनि कलेजमा बिना प्रतिष्पर्धा कर्मचारी नियुक्ति गलत भएको बताए । ‘कलेज होइन्, पाटीको भर्तिकेन्द्र बनाइएको छ ।’ उनले भन यसको पनि हिसावकिताब अब हुन्छ ?’ उनले मेट्रो कलेजको नाममा सुकुम्बासीलाई उठिबास लगाएको आरोप लगाए ।
विद्यालयको जग्गा कब्जा गरेर कलेज स्थापना गर्ने, ‘मेट्रो कलेज बनाउने नाममा भूमिहिन सुकम्बासीलाई उठिबास लगाउने उनैले ठूला कुरा गर्ने चौधरीले भने ।
‘हरिपौरा विद्यालयको जग्गाबाट सुकुमबासीलाई लखेट्ने अधिकार तपाईलाई कस्ले दियो ?’ उनले तुलसीपुरमा आयोजित घरदैलो कार्यक्रममा भने स्कुलको जग्गा कब्जा गर्ने,अर्काे सस्थालाई जग्गा दिनेहरु जग्गा दलाल हुन । उनले भने–‘कसैलाई रुवाएर गर्ने राजनीति यो कस्तो राजनीति हो ?’
उनले उहाँहरुले कुरा गरे पुग्छ काम गर्नुे पर्र्दैन, काम हामी गछौ त्यसैलाई भजाउन जान्नु भएको छ । ‘जनतालाई झुक्याउन ठुला ठुला सपना बाँड्ने तर पुरा नगर्नेलाई जनताले राम्रोसंग चिनेका छन् ’ उनले भने–‘सामान्य आधारभूत आवश्यकता पनि पाउन नसक्ने तपाईहरुको कस्तो मेट्रोसिटी हो ?’ नागरिकका सामान्य आधारभूत आवश्यकता पुरा गर्न छोडेर ठुला सपनाको खेती नगर्न उनले अनुरोध गरेका छन् ।
‘बसपार्कको पातुखोला छेउका नागरिक रातभर जाग्राम बस्नुपर्ने अवस्थाको अन्त्य कस्ले गरेको हो, त्यो पनि हामीहरुले गरेका हौँ भन्नुहोला फेरि’ उनले भने–‘पातुखोला छेउको तटबन्धन मेरो पहलमा भएको हो, हामीले पुरा गर्ने भनेको यहि हो, सडक कालोपत्रे गछौँ, खानेपानी खुवाउछौ, किसानका खेतमा पानी पु¥याछौ, बस्ती जोगाउन तटबन्ध गछौ, तर त्यो भन्दा ठुलो सपना बाँड्दैनौँ ।’
उनले आधुनिक बसपार्कको योजना कांग्रेसले ल्याएपनि एमालेले आफ्नो पहलमा भएको भनेर जनतालाई ढाँटेको बताए । ‘बसपार्कको शिलान्यास तत्कालिन कार्यकारी अधिकृत टोपेन्द्र केसीले गर्नुे भएको हो, तयतिवेला घनश्याम कजी कहा हुनुहुन्थ्यो ? कस्ले गरेको हो भन्ने जनतालाई प्रष्ट थाहा छ त । तर शंकर पोखरेललाई ल्याएर उद्घाटन गरियो ।’
उनले भने–‘झुटको राजनीति धेरै टिक्दैन्, सत्य बोल्नुस्, साँचो बोल्नुस्, जनताले के गलत, के सहि भन्ने छुट्याउन जानेका छन् ।’ उनले यसअघि सुकुम्बासीबाट रकम उठाएर नीतिगतरुपमा भ्रष्टाचार गरेको बताए । ‘भूमिहिन सुकुम्बासीको नाममा उठाएको रकम खोई ।’ उनले भने–‘ कि लालपुर्जा वितरण गरिसक्नुभयो र ?