पुरन्धारा(हंसपुर) कात्तिक २७ । केहि बर्ष अघिसम्म हंसपुरका फाटमा तोरी फुल्न मंसीर कुर्नुपथ्र्यो, तर केहि बर्ष यता ववइ गाउपालिकाको हंसपुर क्षेत्रमा तोरी फल्ने तयारीमा छ ।
किसानहरुले खेतका धान स्याहारी सकेका छन् । अव मौसमी तरकारी आलु गोवि, टमाटर र भान्टा खेतीको तयारीमा छन् पश्चिम दाङका किसानहरु ।
अघिल्ला केहि बर्ष अघि यस क्षेत्रमा सिचाइ सुविधाका अभावमा किसानहरु आकाशे बर्षातको तालमा खेती गर्थे, तरअचेल त्यो अवस्था छैन । वारी वारी र गरा गरामा सिचाइ सुविधा पुगेको छ, पश्चिम दाङका अधिकांश बस्तीहरुमा ।
दोस्रो संविधानसभाको निर्वाचनमा जव यो क्षेत्रबाट दिपक गिरी सांसद बने,त्यहिवेला उनी नौ महिनाको छोटो कार्यकालमा पनि सिंचाइ मन्त्री बने । तर पनि त्यहि छोटो अवधिमा उनले पश्चिम दाङ लगायत समग्र दाङ मात्र नभएर सल्यान र रुकुम क्षेत्रलाइ पनि सम्वोधन गर्ने गरी बृहत दाङ सिचाइ आयोजना दाङ जिल्लामै स्थापना गरे ।
निर्वाचनमा मत माग्न जांदा गिरीको विकाश प्रतिको शंकल्प थियो, गरागरामा सिंचाइ, बारीबारीमा सिंचाइ । त्यहि अठोट वमोजिम स्थापना भएको थियो बृहत दाङ सिचाइ आयोजना ।
तत्कालिन मन्त्री गिरीले पत्रकारहरु माझ मन्त्रालयमा बोलेका थिए, बृहत दाङ सिचाइ आयोजनाले कम्तिमा पनि ५३ हेक्टर जमिनलाइ सिचाइ सुविधा उपलव्ध गराउन सक्ने छ । दाङ जिल्लामा सिचाइ सुविधाको अभावले कुनै पनि खेतवारी बाझां हुने छैनन ।
त्यसैका लागी उनी सिचाइ मन्त्री हुदा सुख्खा क्षेत्रमा विभिन्न सिचाइ प्रणालिको अभ्यास थाल्ने निर्णय पनि भएको थियो । कतै लिफुट सिचाइ, कतै जमिन मुनीको पानीको सिचाइ त कतै आकाशबाट जम्मा भएको पानीको सिचाइ सुविधा पनि ।
‘जहां जुन प्रविधिको सिचाइ सुविधा उपलव्ध गराउन सकिन्छ, त्यहां सोहि अनुसारका योजना ल्याउन भनिसकेका छौं, अव कार्यान्वयनको पक्ष मात्रै बांकि रहेको छ’ निर्वाचन क्षेत्र नंवर ३ का प्रत्यक्ष तर्फका उम्मेदवार दिपक गिरीले मतदाताहरु माझ व्यक्त गरे ।
हो बृहत दाङ सिचाइ आयोजना सांच्चै दाङबासीकालागी बरदान बनेको छ । कसैले नियमित खेती पाती, कसैले वेमौसमी तरकारी गर्नका लागी यो आयोजना बरदान बनेको उपभोक्ताहरुले बताएका छन् ।
चालु आर्थिक बर्ष २०७९÷२०८० मा मात्र यो आयोजना अन्तर्गत कम्तिमा १ सय ७२ योजनाहरु सन्चालनमा आएको बृहत दाङ सिचाइ आयोजना दाङ तुलसीपुरका प्रमुख डिइ विराट ज्ञवालीले बताए ।
त्यसमध्ये १ सय २ योजनाहरु निर्वाचन क्षेत्र नंवर ३ मै चल्दै छन् । यो बर्ष आयोजनाको बजेट ३१ करोड ४१ लाख रुपैया विनियोजन भैसकेको छ ।
यो आर्थिक बर्ष मुलुकमा स्थानिय तह, संघ र प्रदेशको निर्वाचन भएका कारण आयोजनाको बजेट केहि कम भएको आयोजनाले बताएको छ । अहिले निर्वाचन क्षेत्र नंवर ३ का संघ तर्फका उम्मेदवार जुन वेला सिचाइ मन्त्री बनेका थिए, त्यो वेला आयोजनामा कम्तिमा पनि १ अर्व बार्षिक बजेट विनियोजन गर्ने सिचाइ मन्त्रालयको संकल्प थियो । आयोजना कम्तिमा पनि २० बर्षकालागी सन्चालन हुने सहमती त्यहि वेला भएको छ ।
आवस्यकता अनुसार आयोजनाको कार्यावधि र कार्यक्षेत्र थप गर्न पनि सकिने त्यहि वेलाको निर्णयमा उल्लेख गरिएको छ ।
चालु आर्थिक बर्षका योजनाहरु मध्ये दाङ देउखुरी भुमिगत संयोजनात्मक जल सिचाइ आयोजना सुकैरा दंगीशरण, उरहरी जसपुर ग्वारखोला सिचाइ आयोजना डुरुवा कुलो सिचाइ आयोजना, जिल्ला भर ३० स्थानमा डिप ट्युवेल, मलवारे सिचाइ योजना, सिमल जगेरी लिफ्ट सिचाइ योजना, चौवाखोला गजेडी लिफ्ट सिचाइ योजना, गंगटे लिफ्ट सिचाइ योजना, लगायत कम्तिमा १ सय भन्दा बढि आयोजना यहि निर्वाचन क्षेत्रमा परेका छन् ।
उनै सिचाइ मन्त्री अहिले फेरी संघको उम्मेदवार बनेका छन् । विकाश प्रेमी नेताका नामले चिनिएका गिरी फेरी संसदमा पुगे भने यस्ता अन्य आयोजनाहरु पनि सहजै रुपमा ल्याउन सक्ने पहुच भएका राजनितिक व्यक्तित्व हुन् ।
आसन्न निर्वाचनमा यी योजनाहरुले पश्चिम दाङका नेता दिपक गिरीलाइ फेरी पनि उत्साहित बनाइरहेका छन् ।
