२०८१ जेष्ठ ८ गते मङ्गलवार

खेल मैदान तयार नहुँदा निर्धारित मितिमा खेल नहुने

लक्ष्मण बस्नेत,
दाङ,फागुन २१ । दाङ क्रिकेट लिग डिसिएलको दोस्रो संस्करण निर्धारित मितिमा नहुने भएको छ । आयोजक संस्थाले केही समयको लागि भन्दै खेल स्थगित गरिएको मंगलवार जानकारी दिएको छ । क्रिकेटको बिकास गर्न भन्दै जिल्लामा पहिलो पटक फ्रेन्चाईज लिगको अबधारणामा खेल सञ्चालन गर्न लागिएको थियो ।

दंगाली युथ क्लबको आयोजनामा हुने भनिएको दोस्रो संस्करण यसअघि चैतको पहिलो सातादेखि सुरु हुने भनिएको थियो ।

दाङमा क्रिकेट मैदानको पुर्वाधार बिस्तारको साथै संरचना निर्माणका कामहरु भइरहेको हुँदा मैदानको समस्याकै कारण निर्धारित मितिमा खेल संचालन गर्न समस्या भएको दंगाली युथ क्लबका कोषाध्यक्ष सुजित शर्माले बताए । उनले खेल मैदान तयार भए लगतै खेल सुरु हुने जानकारी दिए ।

प्रतियोगिताको उपाधी चुम्ने टिमलाई नगद ८० हजार मेडल तथा प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *