२०८२ मङ्सिर २२ गते सोमवार

उम्मेदवारका बारेमा बुझेर मतदान गर्नुहाेस् : प्रचण्ड


दाङ, कात्तिक २६ । दाङ क्षेत्र नं २ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार प्रचण्ड विक्रम न्याैपानेले उम्मेदवारका बारेमा बुझेर मात्र मतदान गर्न मतदातालाई सुझाएका छन् ।

आज शनिबार संयुक्त निर्वाचन परिचालन समिति दाङ क्षेत्र नं २ (२) द्वारा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै प्रदेश सभा सदस्यका उम्मेदवार न्याैपानेले मतदान गर्दा उम्मेदवारका बारेमा बुझेर मात्र मतदान गर्न मतदातालाई अपील गरेका हुन् ।

तपाईंले मतदान गर्दा साेचेर, बुझेर, उम्मेदवारलाई चिनेर मात्र मतदान गर्नुहाेला । निर्वाचनकाे मैदानमा उत्रिएका उम्मेदवारका बारेमा बुझ्नुहाेस्, उसकाे इतिहास हेर्नुहाेस्, उसले काम गर्न सक्छ या सक्दैन बुझ्नुहाेस्, उम्मेदवारले गर्न सक्छ जस्ताे लाग्छ मतदान गर्नुहाेस्, लाग्दैन नगर्नुहाेस् ।´ उनले थपे,पटक पटक शक्तिमा रहनेले के गरे, जनताका हित र पक्षमा कति काम गरे अहिले मूल्यांकन गर्नुहाेस्, मत खेर नफाल्नुहाेस् । हामीले एक छाक तरकारी किन्दा छानेर किन्छाैँ भने जनप्रतिनिधि चुन्दा झनै छान्नुपर्छ । झुठ बाेलेर, झुठकाे खेती गर्न पल्केका, जनतालाई भाेट बैंक मात्र सम्झनेलाई लाेप्पा खुवाउनुहाेस्, विकास र समृद्धिका पक्षमा मतदान गर्नुहाेस् ।´

चुनावी सभा नेपाली काङ्ग्रेस प्रदेश २(२) का सभापति अभियान बस्नेतकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *