२०८२ मङ्सिर २२ गते सोमवार

दाङका खत्रीलाई भारतबाट फर्किने क्रममा अपहरण गरि हत्या

तुलसीपुर, कात्तिक २५ । दाङका एक ब्यक्तीलाई भारतबाट फर्किने क्रममा हत्या गरिएको छ ।

बबई गाउँपालिका वडा नंं. २ कालामाटा निवासी ४६ बर्षीय भिमबहादुर खत्रीलाई अज्ञात समूहले अपहरण गरि हत्या गरेको हो ।

उनीसंग भएको रकम सबै लुटपाट गरि हत्या गरिएको उनका आफन्ती यज्ञ वलीले बताए ।

उनीसंगै आउने क्रममा उनका भाई ३६ बर्षीय पोष्टबहादुर खत्री अज्ञात समूहले कुटपिट गर्दा घाइते भएका छन् ।

उनीहरु कात्तिक २१ गते घर आउने क्रममा सम्पर्क विहीन भएपछि खोजलतास गर्दा यस्तो भेटिएको हो । खत्रीको शवलाई दाङ ल्याएर आज अन्त्येष्टी गरिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *