२०८२ असार ९ गते मङ्गलवार

व्याज विरोधको आन्दोलन जारी राखिने


दाङ, कात्तिक २४ । राष्ट्र बैकले बृद्धि गरेको बैक व्याजको विरोधमा आन्दोलन गदै आएको दाङ जिल्ला उद्योग वाणिज्यसंघले आन्दोलनलाइ जारी राख्ने भएको छ ।

माग पुरा नहुदा सम्म आन्दोलन जारी राख्ने संघले निर्णय गरेको हो । संघको विहिवार वसेको बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए ।

मंसिर ८ गते देखि आन्दोलनलाइ थप कडा वनाउदै लगिने उनले बताए । मंसिर ८ सम्म थप कडा आन्दोलनको लागि आन्तरिक तयारी विभिन्न बैक कर्जा सग सम्बन्धित संघ संस्था सग छलफल अन्र्तरक्रिया जारी राखीने भएको छ ।

पहिलो चरणको आन्दोलन सफल भएको संघले जनाएको छ । आन्दोलनमा सहभागिता जनाउने उद्योगी, व्यावसायी, बैक वाट पिडित भएका नागरिक, सम्पुर्ण व्यक्ति तथा विभिन्न माध्यमवाट सहयोग गर्ने सबैलाई धन्यावाद दिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

अहिले बैकको व्याजको विरुद्ध देश भर निजी क्षेत्र वाट आन्दोलन गरि राखेका छन् । बैठक संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *