२०८२ मङ्सिर २४ गते बुधवार

ब्याजदर बढाएको विरोधमा निजी क्षेत्रले गर्दै आएको आन्दोलन तत्कालका लागि स्थगित

काठमाण्डौ,कात्तिक २४ । निजी क्षेत्रको विरोध कार्यक्रम तत्काललाई स्थगित भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घले पनि तत्कालका लागि विरोधसम्बन्धी कुनै गतिविधि नगर्ने निर्णय गरेको छ ।

महासङ्घले विज्ञप्ति निकालेर विरोधका कार्यक्रम स्थगित गर्न सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ ।

बैंकहरुले ब्याजदर बढाएको भन्दै देशका विभिन्न भागमा उद्योगी तथा व्यवसायीले विरोध प्रदर्शन गर्दै आएका थिए ।

महासङ्घले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव हुन गइरहेकाले तत्कालका लागि विरोधका कार्यक्रम स्थगित गर्न भनेको छ ।

बैंकहरुले चर्को ब्याज असुलेको भन्दै विराटनगर, दाङ, बुटवल, काठमाण्डौलगायत मुख्य सहरमा व्यवसायीले प्रदर्शन गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *