२०८१ साउन ६ गते आइतवार

बंगलाचुलीमा एकै दिन एक सय बढिले एमाले छाडे

बंगलाचुली, कात्तिक २४ । दाङकाे बंगलाचुली गाउँपालिकामा एकै दिन एक सय भन्दा बढिले एमाले पार्टी परित्याग गरेका छन् ।

वडा नं ७ मा लालबहादुर सारूकाे नेतृत्वमा गाउँपालिका सदस्यहरू विनिता गाहा मगर र जीवलाल गाहा मगर सहित दर्जन बढी एमाले कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

त्यसैगरी वडा नं ६ मा तुला विक, खिमा घर्ती मगर, रिखि विक सहित दुई दर्जन भन्दाबढी एमाले कार्यकर्ता माओवादी प्रवेश गरेका छन् ।

त्यसैगरीमा दर्जनाै एमाले कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । माओवादी केन्द्र प्रवेश गर्नेहरूलाई उपाध्यक्ष कृष्णबहादुर महरा र प्रतिनिधि सभा सदस्यका उम्मेदवार रेखा शर्माले माला र खादा लगाएर स्वागत गरेका थिए ।

नेपाली काङ्ग्रेस प्रवेश गर्नेहरूलाई प्रदेश सभाका उम्मेदवार राजु खनाल सहितका काङ्ग्रेसका नेताहरूले स्वागत गरेका हुन ।

प्रकाशित मिति : २०७९ कार्तिक २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *