२०८२ मङ्सिर १९ गते शुक्रवार

रुपन्देहीमा मोटरसाईकल ठोक्किँदा दुईवटै मोटरसाईकल चालकको मृत्यु

बुटवल,कात्तिक २२ । रुपन्देहीको गैडहवा गाउपालिका–२ मा दुई वटा मोटरसाइकल ठोक्किँदा दुबै मोटरसाईकलका चालकको मृत्यु भएको छ ।

लु ५ प ९७३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३७२ नम्बरको मोटरसाईकल सोमबार राती एकआपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *