२०८१ साउन ५ गते शनिवार

रुपन्देहीमा एक दम्पती मृत भेटिए

बुटवल,कात्तिक २१ । रुपन्देहीमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला मृत भेटिनु भएको हो । उनीहरु आफ्नै घरमा बिहान मृत भेटिएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालेन्द्र वैदेशिक रोजगारीबाट चार दिनअघि मात्रै घर फर्किएका थिए । छिमेकीहरूले घरमा झैँझगडा तथा होहल्ला गरेको केही थाहा नभएको बताएका छन् । बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा छन् ।

प्रहरीका अनुसार छोरा हिजो आफन्तकोमा सुत्न गएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *