दाङ,कात्तिक २० । नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकार मन्त्री स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीलेहरुले कुनै पनि राजनीतिक दल वा उम्मेद्वारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भई गर्न नहुने कुरा निर्वाचन आंचार संहितमा उल्लेख छ ।
तर निर्वाचनको सरगर्मी बढेसँगै स्थानीय सरकार जनप्रतिनिधिहरु खुलेरै उम्मेद्वारको पक्षमा प्रचारप्रसारसँगै भेलासभा र मतदाताका घरघरमा भोट माग्न पुगिरहेका छन् ।
जसले निष्पक्ष निर्वाचनलाई प्रभावित पार्न सक्छ । साझा पदधारण गरेका व्यक्तिहरुले खुलेर प्रचारप्रसार तथा भोट माग्न गाउँ गाउँ जादाँ निर्वाचन संहिताको नै धज्जी उडिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी दा निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिशाल अधिकारी बताउछन् ।
निर्वाचनको रौनक बढ्ेसँगै स्थानीय सरकारका प्रमुख उपप्रमुखहरु खुलेर पार्टीको प्रचारप्रसारमा गर्दै हिडिरहेका छन् ।
घोराही र तुुलसीपुर उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र टीकाराम खड्का नेकपा एमालेका महासचिव दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शंकर पोख्रेलको प्रचारमा खुलेर हिडिरहे पनि उनीहरुलाई कुनै नीति नियमले छुन नसकेको उनको भनाई छ ।
अधिकारी भने–‘ शंकर पोख्रेलले नियम मिचेर सार्वजानिक पद धारण गरेका व्यक्तिलाई निर्वाचन प्रचारप्रसारमा हिडाउनुु । कानुनको धज्जी उडाउनुु हो । एक पटक मुख्यमन्त्री समेत भइसकेको व्यक्तिले यस्तो गर्नु कानुनी अपराध हो । ’
महासचिव पोख्रेलले घोराही र तुुलसीपुर उपमहानगरपालिकालाई जनप्रतिनिधिहरु परिचालन गरी निष्पक्ष निर्वाचन हुने निर्वाचनमा मतदाता प्रभावित पार्न खोजिरहेको उनको आरोप छ ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार डा।भोला योगीले पनि नियम विपरित मेयरहरु दलको प्रचारप्रसार लाग्नुु नीति नियम विपरित रहेको बताउछन् ।
जसले सार्वजानिक पदको दुुरुपयोग गरी राजनीतिक लाभ उठाउने उद्देश्य सहित नेकपा एमालेका महासचिव दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्म्द्वारले जनप्रतिनिधि परिचालन गरेको उनको भनाई छ ।
जसलाई तत्काल रोक्न पनि उनले माग गरेका छन् । उनले भने–‘ उहाँहरु हाम्रा पनि जनप्रतिनिधि हो । विचार र आस्था जहाँ रहे पनि निर्वाचनका लागि पदको दुरुपयोग गरी दलगत स्वार्थमा लाग्नुु हुदैन ।’
त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फ दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार आसाराम बैद्यको भनाई पनि उस्तै छ ।
अहिले दाङ क्षेत्र नं. २ वाट प्रतिनिधिसभा सदस्यमा १५ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । तर स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले घोराही र तुुलसीपुर प्रमुख र उपप्रमुख बिजयी भएकाले स्थानीय सरकार नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई बिजयी बनाउन तलिन भएका छन् ।
