२०८२ मङ्सिर २४ गते बुधवार

अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी

काठमाण्डाै,कात्तिक १९ । निर्वाचन आयोगले चुनावका लागि अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी थालेको छ ।

आयोगका उपसचिव तथा सहायक प्रवक्ता ऋषिराम भुसालले एक/दुई दिनमै अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन हुने जानकारी दिएका छन ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जिल्लामा रहेका प्रहरी, सेना, सशस्त्र प्रहरी र कारागारमा रहेका कैदीबन्दीको विवरण अस्थायी मतदाताको रूपमा सङ्कलन गर्न लागिएको हो ।

आयोगकाअनुसार मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सेनालगायतका व्यक्तिलाई त्यही ठाउँमा मतदान गर्ने व्यवस्था हुनेछ ।

अस्थायी मतदाताको सूचीमा रहेकामध्ये १ लाख ४९ हजार १ सय ६४ जनाको नाम आयोगमा सूचीकृत भएको छ ।

मतदाता नामावलीमा नाम नभएका व्यक्तिले अस्थायी मतदान गर्न नपाइने व्यवस्था भएकाले अहिलेसम्म मतदाता नामावलीमा समावेश भएकामध्ये १ लाख ४४ हजार ६ सय २५ जनाको नाम पुष्टि भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *