२०८२ मङ्सिर २३ गते मङ्गलवार

संसदिय प्रणाली नमान्नेहरु सांसदको भोट माग्दै छन : दिपक गिरी

तुलसीपुर, कात्तिक १५ । मुलुकमा चुनावी माहौल बढ्दै जांदा निर्वाचन क्षेत्र नंवर ३ का उम्मेद्वार दिपक गिरीले तुलसीपुर उपमहानगरपालिका—७ मा मतदाता भेटघाट कार्यक्रममा सहभागि भए ।

प्रदेशसभा सदस्यका उम्मेदवार डिल्ली वहादुर चौधरी सहित मत माग्न त्यां पुगेका प्रत्यक्ष तर्फका उम्मेदवार गिरीले संसदिय अभ्यासलाइनै नमान्ने एमालेका उम्मेदवारहरु फेरी सांसदकालागी भोट माग्न आउनु दुर्भाग्यपुर्ण रहेको पनि बताए ।

‘जुन पार्टिले संसदिय अभ्यासको बर्खिलाप गर्दै दुइदुइ पटक संसद विघटनको प्रयन्त गर्यो, त्यहि पार्टिका उम्मेदवाररलाइ फेरी संसदमा पठाउने कि नपठाउने? तपाइ मतदाताहरुको अधिकार हो’, उम्मेदवार गिरीले भने ।

विषम परीस्थीतिमा लोकतन्त्र, लोकतान्त्रिक संविधान, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको रक्षाकालागी गठवन्धनलाइ जिययी बनाउन पनि उनको आग्रह थियो । केपि ओलिको अतिक्रमणका कारण एमाले चिराचिरा भएका कारण ओलिको तानाशाही प्रबृत्तिका कारण गठवन्धनको सृजना भएको पनि नेता गिरीको अभिव्यक्ति थियो ।

आफु ठुलो मान्छे बन्न राजनितिमा नआएको बताउंदै जनताको छोरो र अभिभावक बन्न राजनितिमा आएको पनि उनको भनाइ थियो ।

‘विदेशका ठुला युनिभर्सिटिमा पढ्न पठाउने मलाइ धेरै अफर आएको थियो, तर मलाइ नेपाली माटोलाइ समृद्ध बनाउने अठोट सृजना भएकाले राजनितिमा होमिएको हुं’, नेता गिरिले भने ।

उनले खाडि मुलुकमा बर्षेनि वैदेशिक रोजगारीमा जाने युवाहरुलाइ त्यहीकै मापदण्ड अनुरुपको पारीश्रमिक सहित नेपालमै रोजगारी दिन आफ्नो निरन्तर प्रयास रहने पनि बताए ।

आफ् सांसद हुदा मात्रै पनि यस क्षेत्रको समृद्धिकालागी धेरै प्रयास गरेको तथा मन्त्री हुदाको छोटो कार्यकालमा पनि दाङको समृद्धिमा अनपेक्षित कार्यारम्भ गरेको बताए ।

‘मैले ५३ हजार हेक्टर खेतमा वाह्रै महिना सिंचाइ सुविधा उपलव्ध होस भनेर छोटो कार्यकालमा सिन्चाइ मन्त्री हुंदा दाङमा बृहत दाङ सिचाइ योजना ल्याएं, यसको अवधि अझै दुइ दशक सम्म रहने छ,’, उम्मेदवार गिरीले भने, हामीले बाचा गरेका कुरा नेतृत्वमा पुगेपछि पुरा गर्ने छौं ।

मुलुकमा भर्खरै वहुदल आएको समयमा आफुले धेरै प्रयास गरेर तुलसीपुरमा राप्ती ववइ क्याम्पस स्थापना गरेको उल्लेख गर्दै उम्मेदवार गिरीले विक्ने शिक्षा राप्ती ववइमा ल्याउन अझै पनि सार्थक पहल गर्ने बताए ।

‘तुलसीपुरमा क्याम्पस खुल्छ भन्ने सायद त्यो वेला कल्पना पनि गरीएको थिएन, तर मैले त्रिविवि कृतीपुरमा विद्यार्थि राजनिति गर्दा तात्कालिन उपकुलपति संगको विशेष संबन्धका कारण यहां राप्ती ववइ क्याम्पस स्थापना भएको हो’, गिरीले भने, त्यो समयमा क्याम्पस चलाउन ६ लाख धरौटी राख्नु पर्ने प्राव्धान भएपनि मैले विना धरौटी राप्ती ववइ क्याम्पसको स्वीकृति लिएको हुं ।

त्यसो त उम्मेदवार गिरीले प्रादेशिक राजधानी दाङमै स्थापित गराउनकालागी उच्च अदालत र डिआइजि कार्यालय तुलसीपुरमा राख्न पनि अहम भुमिका खेलेको बताए ।

घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनेमा पनि नेता गिरीको भुमिका छिप्न सक्दैन ।

तुलसीपुर—पुरन्धारा सुर्खेत सडकको स्तरोन्नतीमा सार्थक पहल गर्ने नेता पनि उम्मेदवार गिरीनै हुन भन्ने आम मतदाताले बुझिसकेको पनि उनको भनाइ थियो ।

‘अवको हाम्रो मिशन भनेको अमिलिया—तुलसीपुर चारलेन सडक निर्माण हो, त्यसकालागी हामी निर्वाचित भएमा एडिवि र विश्व बैंकसंग लविङ गर्ने छौं, त्यसकालागी तपाइहरुको अमुल्य मत हामीलाइ चाहिएको छ’, उम्मेदवार गिरीको आग्रह थियो ।

लहमी—घोराही—त्ुलसीपुर— कपुरकोट सम्म निर्माण गरीने योजनाका रुपमा रहेको चारलेन घोराही तुलसीपुरमा किन खुम्चीयो, तात्कालिन प्रधानमन्त्री केपि ओलि र चारलेनका ठेकेदारले जनतामाझ भन्नु पर्ने पनि उनको अभिव्यक्ति थियो ।

हामी छोरालाइ ठेकेदार बनाउन राजनितिमा आएका होइनौः उम्मेदवार चौधरी

सोहि कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार डिल्ली वहादुर चौधरीले निर्वाचन क्षेत्र नंवर ३ ख को मुहार फेर्ने बताएका छन् ।

आफुनो उम्मेदवारी विकाश र समृद्धिकालागी भएको बताउंदै छोरालाइ ठेकेदार बनाएर आफु असफल जनप्रतिनिधि नबने पनि बताए ।

‘नगर क्षेत्रका पहाड बेचेर चारलेन सडकलाइ चुर्लुम्म बनाउने ठेकेदार पिता फेरी प्रदेशसभामा चुनावी माहौलमा आएको देख्दा मलाइ दुःख लागेको छ, आम निर्वाचनमा मतदाताहरुले मेरो दुखलाइ खुसीमा बदल्ने छन्’, उम्मेदवार चौधरीले भने ।

लुम्वनी प्रदेशमा प्रभावशाली नेताका रुपमा परीचित नेता चौधरी टुप्पोबाट पलाएका होइनन्, सिमान्तिकृत समुदायमा शिक्षाको दियो बालेर मात्रै पछिल्लो दशक राजनितिमा आएका हुन् ।

व्याकवार्ट सोसायिटिको माध्यमबाट चौधरी समुदाय लगायत सिमान्तीकृत समुदायमा शिक्षाको दियो वाल्न सफल चौधरी राजनितिमा प्रवेश गरेसंगै समृद्ध प्रदेश र दाङमा प्रदेशको राजधानी बनाउन पनि अहम भुमिका खेलेका नेता हुन् ।

प्रदेश राजधानी घोषणाका सन्दर्भमा दाङमा राजधानी घोषणा हुन दिन हुन्न भनेर नेपाली कांग्रेसले पार्टि ह्वीप लगाएको समयमा पनि त्यसलाइ उलंघन गरेर दाङलाइ राजधानी बनाने पक्षमा उनले मतदान गरेका थिए ।

तुलसीपुरको खर्चवामा भएको यो अभयानको अध्यक्षता ७ नंवर कांग्रेस सभापति ओम वलीले गरेका थिए भने कार्यक्रम माओवादी केन्द्रका सचिव भरत चौधरीले गरेका थिए ।

कार्यक्रममा कांग्रेस नेता टोप वहादुर केसी, देवेन्द्र रिजाल, माओवादी केन्द्रका शेशुराम भण्डारी, समानुपातिक उम्मेदवारहरु देवका नेपाली, अनारकलि मिया, जनमोर्चाका भरत भण्डारी लगायतका नेताहरुले गठवन्धनका पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *