२०८२ जेष्ठ ४ गते शुक्रवार

रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु

रोल्पा,कात्तिक १५ । रोल्पामा भिरबाट लडेर एक जना युवाको मृत्यु भएको छ।

रून्टीगढी गाउँपालिका वडा नम्बर १ का ३१ वर्षीय लेखनाथ रानाको भिरबाट लडेर सोमबार दिउँसो मृत्यु भएको हो।

उनी घरबाट नजिकै रहेको भिरबाट लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी बिनोद घिमिरेले जानकारी दिए।

राना करिब १५० मिटर तल खसेका थिए। रानाले सोमबार बिहानैदेखि मदिरा सेवन गरेको खुलेको छ। उनी घर फर्किंदै गर्दा भिरबाट लडेका थिए।

रानाको शव पोस्टमर्टमका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *