२०८२ मङ्सिर २४ गते बुधवार

अतिबाद र प्रतिगमणकारीलाई पराष्त गर्न गठबन्धनले जित्न आवश्यक छ – दीपक गिरी


तुलसीपुर, कात्तिक १२ । दाङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले अहिलेको गठबन्धन राष्ट्रियता र संविधान जोगाउनका लागि भएको बताएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गठबन्धनका साझा उम्मेदवार गिरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा शनिबार स्थानीयलाई सम्बोधन गर्दै केपी ओली नेतृत्वको सरकारले लामो संघर्षपछि उपलब्ध संविधान र राष्ट्रियतामाथि नै धावा बोल्न थालेपछि राष्ट्रियता र संविधानको रक्षाको लागि गठबन्धन आवश्यक परेको बताएका थिए ।

लोकतान्त्रिक संविधानले अभिब्यक्ति स्वतन्त्रता, महिला, दलित, जनजाती तथा पछाडि पारिएको समुदाय सबैको हक अधिकार सुनिश्चित गरेको हुँदा नेकपा एमाले र त्यससंग तालमेल गरेका राजनीतिक दलहरुले त्यो संविधानमाथि धावा बोलेको हुँदा त्यसको रक्षाको लागि परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिनु परेको उम्मेदवार गिरीले दाबी गरे ।

‘अतिबाद र प्रतिगमणकारीलाई परास्त गर्नका लागि हाम्रो यो गठबन्धन बनेको हो,’ उनले भने ‘ परिवर्तनकारी शक्तिहरुको बिजयले मात्रै प्रतिगमणकारी र अतिबादीको हार हुने छ ।’

उनले निर्वाचन पछि फेरि गठबन्धन दलहरुको सरकार बन्ने भन्दै गठबन्धनका सबै साझा उम्मेदवारलाई मतदान गरी बिजयी गराउन आग्रह गरे ।

‘ दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा मलाई मात्रै हैन,’ उनले भने ‘३(क) मा काँग्रेसकै डिल्लीबहादुर चौधरी र ३ (ख) मा माओबादीका धनवहादुर मास्कीलाई पनि अत्यधिक मतले बिजयी गराउनु हुन मेरो अनुरोध छ ।’

त्यस्तै उनले समानुपातिकमा नेकपा एकीकृत समाजबादीकी अनारकली मिया उम्मेदवार रहेको हुँदा उक्त पार्टीमा मतदान गरि बिजयी बनाउन आग्रह गरेका थिए ।

उपमहानगरपालिका भएपनि खुमखानीका बासीहरु सडक सञ्जाल लगाएत नगरको सामान्ने सेवासुबिधाबाट समेत बञ्चित हुँदै आएको भन्दै गठबन्धनको पक्षमा मतदान गरि बिजयी बनाए भबिश्यमा जिल्लाको विकाश निर्माणमा भूमिका खेल्ने उम्मेदवार गिरीले बाचा गरे ।

आँफु र गठबन्धनका सबै उम्मेदवारलाई बिजयी गराए खुमखानी हुँदै सल्यान जोड्ने बाटो निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिबद्धता जाहेर गरेका थिए ।

उनले बिगतमा आँफुले पश्चिम दाङमा शिक्षाको ज्योति फैलाउन राप्ती बबई क्याम्पस स्थापना गरेको, नौं महिने मन्त्री हुँदा पश्चिम दाङ र समग्र दाङ उपत्यकामा ५३ हजार हेक्टर जमिनमा सिंचाई सुबिधा पु¥याउने उदेश्यले बृहत सिंचाई कार्यालयको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा स्थापना गरेको भएपनि एमालेको नेतृत्व आएपछि त्यसलाई छाँयामा पार्ने काम भएको भन्दै असन्तुष्टि पोखे ।

आँफु सिंचाई मन्त्री हुदा स्थापना गरेको बृहत सिंचाईका कारण जिल्लाका बिभिन्न स्थानमा सिंचाई सुबिधा नभएको ठाउँहरुमा जलासय, तट्बन्ध निर्माण लगाएका काम भइरहेको उनले बताए ।

बबई नदी, पातुखोला, ग्वारखोला लगाएत जिल्लाका बिभिन्न नदी खोलाहरुले गर्ने कटान नियन्त्रणका लागि तट्बन्ध निर्माण, पुल निर्माण लगाएका कामहरु गरेर जिल्लाबासीको मर्म अनुसार काम गरेको हँुदा भविश्यमा थप योजनाका साथ काम गर्ने उनले बाचा गरेका थिए ।

तस्बिर : शरद रेग्मी ।

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *