तुलसीपुर,कात्तिक १२ । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर स्थित मदनआश्रित चोकमा रा ७ प १६२९ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ तुलसीपुर –१७ मज्गैका २४ वर्षीय रवि बस्नेतको मृत्यु भएको हो ।
शुक्रवार बेलुका ८ ः ५० बजेको समयमा तुलसीपुर –६ को मदन आश्रित चोक नजिकै अनियन्त्रीत भई मोटरसाइकल पटल्दा बस्नेत घाइते भएका थिए ।
दुर्घटनामा परी घाइते भएका बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार
