दाङ ,कात्तिक १० ।आज मुलुकका केही भागमा छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण केही ठाउँमा पानी पर्नेछ । त्यस्तै धेरैजसो ठाउँमा भने मौसम सामान्य नै रहने महाशाखाले जनाएको छ ।
विशेषगरी बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यस्तै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई ठाउँमा हल्का वर्षा हुनेछ।
देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागको मौसम सफा रहने अनुमान गरिएको महाशाखाले जनाएको छ।
प्रकाशित मिति : २०७९ कार्तिक १० गते बिहिवार
