लक्ष्मण बस्नेत,
दाङ,फागुन १९ । तुलसीपुरमा ५ नं. प्रदेश स्तरिय टेवल टेनिस छनोट प्रतियोगिता सुरु भएको छ । मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति बाके र दाङ जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा आइतवारदेखि छनोट प्रतियोगिता सुरु भएको हो ।
जसको उद्घाटन प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले गरेका हुन । फागुन २१ गते चल्ने छनौट प्रतियोगिता बाट आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ५ नं. प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिने छ । दाङ जिल्ला टेवल टेनिस सघको कभर्डहलमा जारी प्रतियोगितामा ५ नं. प्रदेशका १२ जिल्ला मध्य ११ जिल्लाका महिला र पुरुष गरि ४८ जना खेलाडीको सहभागिता छ ।
जिल्ला टेवल टेनिस संघका सचिव केशवप्रसाद श्रेष्ठले वेष्टअप फाइभका आधारमा खेल खेलाइएको जानकारी दिए ।
प्रतियोगिता अन्तरगत आइतवार महिला तथा पुरुष तर्फ पहिलो र दोस्रो चरणका खेलहरुमा प्रतिस्पर्धा भएको छ । जस्मा अम्माएरको भूमिका राष्ट्रिय रेफ्री बिपिन शर्मा,नारायण घिमिरेले निर्वाह गरेका थिए भने स्थानीय रेफ्रीमा खिमज्ञबहादुर महतरा,सुरेश बिक र निर्मला वली थिए ।
कार्यक्रमका संयोजक तथा मध्य पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका सदस्य रिता कोईरालाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
जसको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी थिए भने विशिष्ट अतिथि दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगी थिए ।