२०८२ मङ्सिर २४ गते बुधवार

रोल्पामा जीप दुर्घटना ः दाङका तीन जनाको मृत्यु, १२ घाइते


दाङ, कात्तिक ९ । रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । थप १२ जना घाइते भएका छन् ।

दुर्घटनामा परि दाङको घोराहीका ५८ बर्षीय विष्णुप्रसाद रिजाल, उनका दाजु ६० बर्षीय नारायणप्रसाद रिजाल र दाङकै ५० बर्षीया फाम्सी केसीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले जानकारी दिए ।

दाङका तीन जनाको घटनास्थलमै मृत्यु भएपनि उनीहरुको वडा खुली नसकेको डिएसपी घिमिरेले बताए ।

उक्त दुर्घटनामा परि रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. – २ खुँग्रीकी ५४ बर्षीय चन्द्रचमन सिंह, ३८ बर्षीया दीपा ठकुरी, १४ बर्षीया नीतु सिंह, ३१ बर्षीया निलम सिंह, १० बर्षीया आस्था थापा, ७ बर्षीया स्वस्तिका थापा, गाडी चालक सुनिलस्मृति – ३ मिझिङका ४८ बर्षीय जितवहादुर विष्ट सोही ठाउँकी २४ बर्षीया मेनुका विष्ट, ४२ बर्षीया कुशुमा विष्ट घाइते भएका छन् ।

त्यस्तै दाङ तुलसीपुर उपमहानगपालिका वडा नं. १५ डुरुवाकी ४० बर्षीया ईश्वरी थापा, तुलसीपुर – ६ की ४५ बर्षीया भगवती रिजाल, दाङ घोराही उपमहानगरपालिका वडा नं. ६ की ५० बर्षीया निर्मला शर्मा दुर्घटनामा परि घाइते भएका छन् ।

घाइते सबैलाई रोल्पामा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी घिमिरेले बताए ।

प्रहरीका अनुसार ब्रेकले काम नगरेपछि गाडी करिब एक सयमिटर तल खसको थियो ।

बुधबार दिउसो दाङको भालुवाङ र रोल्पाको लिवाङ सडकखण्ड अन्तर्गत सुनिलस्मृति गाउपालिका – ४ सेवाकेन्द्र भन्ने स्थानमा सुलिचौरबाट गजुल तर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको फोर्स गाडि दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *