दाङ, कार्तिक ८ । गएराति घोराहीमा चार फर्निचर उद्योगका आगलागी पीडितलाई राहात उपलब्ध गराउने उदेश्यले दुई लाखको कोष स्थापना गरिएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको मंगलवार बिहानै वसेको आकस्मिक बैठकले आगलागीबाट क्षति पुगेका उद्योगी तथा व्यावसायीलाई राहात दिनका लागि संघले २ लाखको कोष स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिए ।
स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गर्नका लागि सम्पूर्ण उद्योगी, व्यवसायी तथा सहयोगी सबैमा संघले अनुरोध गरेको छ । राहातका लागि सम्वन्धित निकायमा पहल गर्ने निर्णय संघले गरेको छ ।
राहात उपलव्ध गराउन चाहाने इच्छुकलाई इच्छुकले हिमालयन बैक घोराही शाखाकोे खाता नं ०२४०३७९३३५००१७ मा रकम जम्मा गर्न संघका महासचिव महेन्द्र वुढाथोकीले आग्रह गरेका थिए ।
प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार
