तस्बिर : लिलाधर वली ।
तुलसीपुर ,कात्तिक ८ । दाङको घोराहीमा मध्य रातमा भएको आगलागनीबाट साढे ६ करोड बढी क्षति भएको अनुमान गरिएको छ ।
आगलागीबाट तीन फर्निचर उद्योग तथा सो रुमहहरु जलेर खरानी भएको र त्यसबाट ६ करोड ६८ लाख बढीको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले फरककोणलाई बताए ।
घोराही उपमहानगरपालिका – १५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा ‘न्यू दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग, स्टार दाजुभाइ फर्निचर उद्योगका साथै ऊँ प्रकृति सो रुम जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
तीन फर्निचर उद्योग, एउटा सो रुममा पूर्ण रूपमा जलेर नष्ट भएको र त्यसबाट झन्डै ६ करोड ६८ लाख बराबरको काठ तथा तयारी अवस्थामा राखिएका फर्निचरहरु जलेर नष्ट भएको अनुमान गरिएको एसपी वलीले जानकारी दिए ।
राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब ५ बजेतिर मात्रै पूर्ण रुपमा नियन्त्रणामा आएको थियो । आगो नियन्त्रण लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी रातभर ठूलो संख्यामा खटिएका थिए ।
त्यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाका दमकलहरु बोलाउनु परेको थियो ।
आसपासका संरचना धप्काउन वा माटो खनेर आगो नियन्त्रणमा लिनको लागि जेसिबीहरु प्नि प्रयोग गरिएको एसपी वलीले बताए ।
घना बस्ति रहेको क्षेत्रमा आगो लागेपनि प्रहरीकै सक्रियताले आसपासका घर जोगाउन संभव भएको र त्यसबाट संभावित ठूलो क्षति टरेको एसपी वलीले बताए ।
मध्यरातमा घोराहीको मुख्य बजारमा भएको भिशन आगजनीबाट सर्वसाधारण त्रसिद बनेका थिए । बारुण यन्त्रहरुको ओहोर दोहोर र साइरणले रातभर सुत्न नसकेको केही सर्वसाधारणले बताएका छन् ।
