२०८१ साउन ६ गते आइतवार

व्यवसायीलाई फुल टिप्न र माला उन्न भ्याइनभ्याई

दाङ,कात्तिक ७ । तिहार आउन केही दिनमात्रै बाँकी रहदा जिल्लामा पुष्प व्यवसाय गरेका व्यवसायीहरुलाई फुल टिप्नदेखि माला उन्नका लागि भ्याइनभ्याइ छ ।

तिहारमा भाई टिकालगाउन लागि मालाको अटर धेरै भएपछि माला बुन्ने काम गरिरहेको पुष्प व्यवसायी इन्द्र बुढामगरले बताएकी छिन ।

तिहारसँगै अन्य विभिन्न कार्यक्रमका लागि फूलको मालाको माग बढेपछि माला बनाउँदै कोल्डस्टोरमा राख्ने गरेको उनी बताउछिन ।

‘तिहारमा मालाको धेरै माग छ । ४÷५ दिनअघिदेखि नै माला बुन्ने काम गरिरहेका छौ’,व्यवसायी बुढाले भनिन्,‘बुनेका मालाहरु नविग्रिउन भनेर कोल्डस्टोरमा राखेका छौ । किन्न आउनेलाई विक्रि पनि गरिरहेका छौ ।’

घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा ८ कट्ठा जमिनमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेकी बुढाले जिल्लामा मात्रै नभएर जिल्ला बाहिरबाट समेत फूल र मालाको माग आएको बताइन ।

तिहारमा सानो–ठुलो साइज अनुसार मालाहरु १ सयदेखि ३ सय रुपैयासम्म विक्री हुने गरेको उनको भनाई छ ।

तिहारका लागि मालाको माग बढेपछि माला बुन्ने काम भैरहेको घोराहीकै अर्का व्यवयायी लोकेन्द्र रोका मगर बताउछन् ।

घोराही उपमहानगरपालिका–१४ झिगौरामा व्यवसायिक फूलखेती गरेका रोकाले करिव डेढ विगाह जमिनमा फुलको खेती गरेका छन् ।

तिहारका लागि ८ हजार माला विक्रि गर्ने लक्ष्य लिएको रोकाको फर्ममा आइतवारसम्म ३ हजार बढी मालाको अडर आइसकेको छ ।

‘तिहारमा मात्रै आठ हजार माला विक्र गर्ने लक्ष्य छ । त्यही अनुसार अहिले माला बुन्ने काम भैरहेको छ’, व्यवसायी रोकाले भने,‘अहिलेसम्म करिव ३ हजार मालाको अडर आइसकेको छ ।’ रोकाले फर्ममा उत्पादन भएको अधिकांस पूmल जिल्लामै विक्रि हुने बताउछन् ।

रोकाले भारतको कोलकाताबाट ल्याएको अफ्रिकन मेरीगोल्ड जातको सयपत्री फुल रोपेका छन् ।

पुष्प व्यवसायका लागि उनी जिल्लामा प्रतिनिधि पात्र मात्रै हुन । कुनै समय घरमा आवश्यकतासँगै सजावटका लागि रोपिने पुष्पहरु विक्रि हुन थालेपछि जिल्लामा फुल खेती गर्ने व्यवसायीहरु समेत बढ्दै गएका छन् ।

चाडपर्वसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम, विवाहलगायतका विभिन्न कार्यहरुमा मालाहरुको खपत हुने गरेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *