२०८१ बैशाख १४ गते शुक्रवार

सुनिल दहितलाई मिस्टर दाङको उपाधी

लक्ष्मण बस्नेत,
तुलसीपुर, फाल्गुन १८ । प्रथम जिल्ला स्तरिय वडि विल्डिङ च्याम्पियनसिप (मिस्टर दाङ) को उपाधी फ्रेन्स फिटनेस सेन्टर तुलसिपुरका सुनिल दहितले चुमेका छ्न् । दाङ जिल्ला शारिरीक सुगठन तथा फिट्नेस संघ र फेन्स् फिट्नेस सेन्टर तुलसीपुरको संयुक्त आयोजनामा सनिवार सम्पन्न च्याम्पियनसिपमा सहभागी ३५ जनालाई पछि पार्दै सुनिलले मिस्टर दाङको ट्याग सहित उपाधी उचालेका हुन्। उनले उपाधी संगै नगद १० हजार,ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे।

स्वास्थ्य र शारिरीक सौर्दयता संग प्रत्यक्ष जोडिएको शारिरीक सुगठनको खेलको पहुँच अभिवृद्धी गर्ने र स्थानिय स्तरका नव प्रतिभाहरुलाई शारिरीक सुगठन खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको च्याम्पियनसिपमा ६ वटा तौल समुहमा कडा प्रतिस्पर्धा भएको थियो । जस अनुसार ५५ केजि तौल समुहमा अजय स्वर्णकार प्रथम,नवराज वलि दोस्रो र केशव नेपाली तृतीय भए । त्यस्तै ६० केजि तौल समुहमा अमर सिह कार्की प्रथम,सुवास देवकोटा दोस्रो र सुजन गौतम तृतीय भए भने ६५ केजि तौल समुहमा लिला बहादुर बुढामगर प्रथम,श्याम वली दोस्रो र दिपक बुढामगर तृतीय भए । त्यसैगरी ७० केजि तौल समुहमा गिरधर भण्डारी प्रथम,बिवेक कार्की दोस्रो र रोमस खरेल तृतीय भए । त्यस्तै ७५ केजि तौल समुहमा सुनिल दहित प्रथम,सुवास अधिकारी दोस्रो र सुजन चौधरी तृतीय भए भने ७५ केजि प्लसमा कमल राना मगर प्रथम, निरज श्रेष्ठ दोस्रो र मधु बिक्रम थापा तृतीय भए ।

च्याम्पियनसिपको मुख्य निर्णायकमा नेपाल शारिरीक सुगठन तथा फिट्नेस संघका प्रमुख निर्णायक प्रतापकाजी बरिया,सहायक निर्णायकमा अनिल लाल श्रेष्ठ र शिवध्वज राई, स्टेज मार्सल लक्ष्मण केसि र मार्सलमा बिवेक एम सि रहेका थिए ।

जिल्ला शारिरीक सुगठन तथा फिट्नेस संघका अध्यक्ष आशिष कुमार श्रेष्ठको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य एव दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली बहादुर डागिको बिशिस्ट आतिथ्यमा भएको च्याम्पियनसिपमा राईजिङ स्टार सुवास अधिकारी र बेस्ट पोजर सुनिल दहितलाई घोषित गरिएको थियो ।

दाङ जिल्ला शारिरीक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष खिम बहादुर जिएमको स्वागत रहेको च्याम्पियनसिप मा कार्यक्रमका प्रमुख अतिथी,बिशिस्ट अतिथी र अतिथिहरु बाट मिस्टर दाङ अर्थात अलओभर च्याम्पियनसिप ,बेस्ट पोजर, राईजिङ प्लेयर, प्रत्यक तौल समुहमा प्रथम,द्धितिय,तृतिय,स्थान प्राप्त गर्ने खेलाडीलाई नगद,ट्रफी,मेडल तथा प्रमाणपत्र प्रदान गर्नुका साथै च्याम्पियनसिपलाई सार्थक र परिणाममुखी बनाउन महत्त्वपूर्ण सहयो पुर्‍याउने संघ /सस्था र ब्यक्तीलाई सम्मान गरिएको थियो । सो अवसरमा प्रतियोगिताको थप आर्कषणको रुपमा महिला शारिरीक सुगठनको डेमो प्रर्दशन तथा एक्सपोज फिटनेस सेन्टर होटल वयस्टर्न प्यालेस तुलसिपुरको जुम्बा डान्स, दोभान सास्कृतिक कलापुन्ज र मगर सघको नृत्य प्रस्तुत गरिएको थियो ! कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *