२०८२ मङ्सिर २२ गते सोमवार

अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले गरे भाइको हत्या

अर्घाखाँची,कात्तिक ५ । अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले आफ्नै भाइको हत्या गरेका छन् ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ घर भएका हिम बहादुर गमालले आफ्नै सहोदर भाइ वीरबहादुर गमालको हत्या गरेका हुन् ।

यही कार्तिक २ गते राती भिरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्को दिन बिहानमात्र फेला परेको थियो ।

घटनाको अनुसन्धान गर्दा आफ्नै दाइले भिरबाट धकेलेको भेटिएपछि ७४ वर्षीय हिम बहादुर गमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रहरीका अनुसार २० गते दिउसो भूमिकास्थान नगरपालिका वडा नं. ४ धारापानीमा रहेको शाइन रेसुंगा बैंकबाट सँगै वृद्धभत्ता निकालेका दाजुभाइ हिँड्दै घर जाने क्रममा आपसी विवाद भएपछि घचेटा घचेट भएको थियो ।

दुई दाजुभाइबीच लेनदेनमा भएको विवादमा दाइले घचेट्दा भाइ भिरबाट खसेको प्रहरीले जनाएको छ ।

भिरबाट खसेका गमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *