२०८२ मङ्सिर २४ गते बुधवार

वंगलाचुलीका मतदाता संग खनाल


दाङ, कात्तिक ४ । दाङ क्षेत्र नं. २ (क) का उम्मेद्वार राजु खनालले वंगालाचुली गाउपालिकामा मतदाता भेटघाट गरेका छन् ।

शुक्रवार वंगलाचुली गाउपालिका वडा नं १ र २ मा मतदाताहरु संग भेटघाट गरेका हुन । भेटघाट संगै मतदाताहरुका गुनासाहरु समेत सुनेका थिए ।

समस्याको बारेमा जानकारी लिदै उम्मेदवार खनालले आफुले आफनो क्षेत्र वाट समस्या समाधान गर्ने बताएका थिए । आफु सधै जनताको साथमा रहेको बताए ।

‘म हिजो पनि साथमा थिए भोली पनि हुने छु’ खनालले भने । देशका लागि गठवन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेद्वारहरुलाई विजयी वनाउन समेत उनले आग्रह गरेका थिए ।

विपक्षीहरुले गठवन्धन वलियो देखेर विभिन्न भ्रम फैलाउने गरेको भन्दै सचेत बन्न समेत आग्रह गरे । आफ्नो क्षेत्रको विकासका र नागरिकलाइ अधिकार प्रदान गर्ने योग्य उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

जिल्लाको पहाडी क्षेत्रको रुपमा रहेको वंगलाचुलीको विकासमा विगत देखि नै पहल गदै आएको भन्दै आउदा दिनमा निरन्तरता दिने उनको भनाइ रहेको थियो ।

देशलाई अशान्ति वाट बचाउनका लागि गठवन्धन गरेर अगाडि वढेको समेत स्पष्ट पारे ।

अहिलेको गठवन्धनले देशमा संविधानको रक्षा तथा शान्ति स्थापनको लागि काम गर्ने उनको भनाइ रहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *