२०८२ मङ्सिर २२ गते सोमवार

कोहलपुर नगरपालिकाको प्रेस संयोजकमा ढकाल नियुक्त

नेपालगन्ज,कात्तिक ४ । पत्रकार प्रियास्मृति ढकाल बाँकेको कोहलपुर नगरपालिकाको प्रेस संयोजकमा नियुक्त भएका छन् ।

गएको असोज २७ गते बसेको कार्यपालिका बैठकले पत्रकार ढकाललाई प्रेस संयोजकमा नियुक्त गरेको हो ।

करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील ढकाल हाल रेडियो बागेश्वरीको समाचार प्रमुख, स्वास्थ्य पेज अनलाइनको कार्यकारी सम्पादक र बेलायती गोर्खाजहरुको रेडियो बीएफबीएसको पश्चिम नेपाल रिपोर्टर हुन् ।

कोहलपुर नगरपालिका(९ का स्थायीबासी पत्रकार ढकालले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा तत्कालीन जिल्ला विकास समितिमा उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *