२०८२ मङ्सिर २४ गते बुधवार

शान्ति समाजद्वारा स्रष्टा सम्मान

तुलसीपुर,कात्तिक ४ । प्रत्येक वर्ष मानव अधिकार तथा शान्ति समाजले प्रदान गर्ने स्रष्टा सम्मान अर्पण कार्यक्रम शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ ।

कार्यक्रम दाङ, काठमाडौ र बिराटनगरमा गरिएको हो ।

दाङ शाखाको आतिथ्यमा भएको कार्यक्रममा पद्यप्रसाद दाहाल स्रष्टा सौगात– अशोक थारु ९दाङ० र जोगमाया बराल स्रष्टा सौगात– हेमन्ती जोशीलाई प्रमाणपत्रका साथमा जनही २० हजार नगद प्रदान गरिएको थियो ।

उपसभापति कोमल डिसीको सभापतित्व एवं नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र बेलझुण्डीका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर सुधन कुमार पौडलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रीय सचिब निर्मल नेपाली, सम्मानित भएका अशोक थारु र हेमन्ती जोशी तथा वरिष्ठ अधिबक्ता डिल्लीराज धिताल लगायतले बोलेका थिए ।

त्यस्तै, राप्ती साहित्य परिषद् दाङका अध्यक्ष टिकाराम उदासी, दाङ साहित्य परिषद् अध्यक्ष डिल्लीराज धिताल, सिनो पानीका डाक्टर लोकराज पराजुली, साहित्यक श्रष्टा दिपक शर्मा समीप, ब्राह्मकुमारी राज योगका शिवलाल महतरा, नवराज रजौरे, भवानी न्यौपाने, मन्जु कडेल, श्रीधर शर्मा, हिरा वली, भिमलाल मरासिनी, बलदेव रजौरेले साहित्यक रचना वाचन गरेका थिए ।

कार्यक्रम सन्चालन सचिव अमृत शर्मा र स्वागत सदस्य निर्मला गौतमले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ कार्तिक ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *