२०८२ मङ्सिर २३ गते मङ्गलवार

अर्घाखाँचीमा भिरबाट लडेर वृद्धको मृत्यु

अर्घाखाँची ,कात्तिक ३ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

भुमिकास्थान नगरपालिका १ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

भुमिकास्थान नगरपालिकाको धारापानमा रहेको साईन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टे सालको भिरबाट लडेर गमालको मृत्यु भएको हो ।

गमाल बाटोदेखि झण्डै ८० मिटर तल खसेको घटनास्थलबाट प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए ।

घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बुधवार दिउँसो करिब ४ बजेको समयमा वीरबहादुर गमाल र उनका दाइ भत्ता बुझेर हिँड्दै घर फर्किएका थिए ।

गमाल भिरबाट लडेको अवस्थामा स्थानीयले देखेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *