तुलसीपुर,कात्तिक २ । डिभाईन टेम्पल एकेडेमि ‘इमर्जिङ प्लस टु म्यानेजमेन्ट स्कुल अफ दि इयर’ एवार्ड—२०२२’ लुम्बिनी प्रदेश तर्फबाट पुरस्कृत भएको छ ।
तुलसीपुर -६ गोलौरामा २०६४ मा स्थापित विद्यालय डिभाईन टेम्पल एकेडमीलाई संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा कलेज रिडर्सद्वारा आयोजित एक कार्यक्रममा नेपाल एजुकेशन एवार्ड समारोहमा उक्त एवार्ड प्रदान गरिएको हो ।
डिभाईन टेम्पल एकेडेमी दाङमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नमूना शिक्षालयको रुपमा विकास गर्ने लक्ष्यका साथ संचालन भैरहेको छ।
सुरवातका दिनहरुमा प्रा.वि तहबाट संचालन हुँदै आएको भएता पनि बिक्रम सम्बत २०७५ सालबाट प्लस टु म्यानेजमेन्ट स्कुलरकलेजको रूपमा संचालन भएको हो।
डिभाईन टेम्पल एकेडमीका सस्थापक निर्देशन भोजराज न्यौपानेले स्कुलले दक्ष र योग्य नागरिकर जनशक्ति उत्पादनमा विशेष जोड दिएको बताए।
‘हामीले विद्यार्थीले अध्ययन गर्ने कुरा ब्यबहारिक र ब्याबसायिक ढङ बाट सिकाउने प्रयास गरेका छौ, न्यौपानेले भने ।’
उनले स्कुलले विद्यार्थीहरूलाई नयाँ वातावरणमा शिक्षा प्रदान गर्नुका साथै उनीहरूको व्यवसायिक क्यारियरलाई पनि सहयोग गर्दै जाने बताए ।
डिभाईन टेम्पल एकेडमीले विद्यार्थीहरुका विभिन्न पक्षलाई उजागर गर्दै खेलकुद, अतिरिक्त शैक्षिक क्रियाकलाप, कला सस्कृती–मौलिकता, व्यवसायीकता एवम् अनुशासनमा उत्कृष्टता प्रदान गर्दै आइरहेको छ।
विद्यालयले गरेका क्रियाकलापहरुको मुल्यांकन गरेर पुरस्कार पाएकोमा विद्यालय परिवार खुशी भएको प्रीन्सिपल कुलानद अधिकारीले बताए ।
‘हामीले गरेको कर्मको मुल्यांकन भएको छ र यसले हामीलाई थप जिम्मेवार बनाएर काम गर्ने हौसला समेत बढाएको छ,प्रीन्सिपल अधिकारी भने ।’
नेपाल एजुकेसन अवार्ड कार्यक्रम सम्योजक रामहरी सिलवालको अध्यक्षतामा तथा नेपाल बिजिनेस काउन्सिल दुबईका अध्यक्ष डा. आशिक अलि सिद्दिकीको प्रमुख आतिथ्यता र दुबई सरकारका सहसचिव मोहम्मद हुसेनको बिशिस्ट आतिथ्यतामा दुबईको सेराटन होटेलमा असोज २७ गते सम्पन्न गरिएको थियो।
