२०८२ असार ७ गते आइतवार

समाचार–फिचर लेखन सम्बन्धी पत्रकारिता तालिम सुरु

तुलसीपुर,कात्तिक १ । घोराहीमा समाचार– फिचर लेखन सम्बन्धी ४ दिने पत्रकारिता तालिम सुरु भएको छ ।

नेपाल पत्रकार महासघ केन्द्रिय समितिको आयोजना तथा नेपाल पत्रकार महासघ दाङको सयोजनमा भएको तालिमको मगलबार एक कार्यक्रमका बिच उद्घघाटन गरिएको हो ।

त्यस अवसरमा महासघ पुर्ब केन्द्रिय अध्यक्ष तथा तालिका प्रमुख प्रशिक्षक डा.महेन्द्र बिष्टले नेपालको परिवर्तन र परिवर्तनलाइ संस्थागत गर्न खेलेको भुमीका अतुलीनय रहेको बताउदै अहिले पत्रकारितालाइ विश्वसनीय बनाउन पनि त्यतीकै चुनौती रहेको बताए ।
प्रमुख अतिथि विष्टले नेपाली पत्रकारितालाइ विश्वसनीय बनाउन जरुरी रहेको बताउदै कसैले पनि गुनासो नगर्ने गरि समाचार सम्प्रेषण गर्न सक्ने अबस्थाको सिर्जना गर्नुपर्ने तर्क गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासघ केन्द्रिय उपाध्यक्ष उदय जिएमले पत्रकार महासंघले व्यवसायीक रुपमा सक्षम वनाउन पत्रकारहरुको दक्षता वढाउने सोचका साथ यस्ता तालिमको आयोजना गरेको बताए ।

उनले पत्रकारहरुको सिप अभिवृद्धी गर्न पछिल्लो समय फिचर लेखनमा अब्बल कसरी बनाउन सकिन्छ भनेर यस्ता तालिम देशका विभिन्न ११ जिल्लामा संचालन गरिएको बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पत्रकातितामा टिक्ने र बिक्ने खालको समाचार लेखन आवश्यक रहेको बताए । उनले पत्रकारिताको भिडमा बेग्लै पहिचान बनाउन पनि पत्रकारहरुलाई अहिले थप चुनौती रहेको बताउदै त्यही अनुरुप क्षमता बृद्धी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार महासंघ दाङ शाखा पुर्ब अध्यक्ष केबि मसाल,सल्लाहकार सबिन प्रियासन, लक्ष्मी आचार्य लगाएतले सिकेको सिपलाइ व्यवहारमा उतार्न आवश्यक रहेको बताउदै यस्ता तालिम आफनै ठाउँमा लिन पाउनु अवसर रहेको बताउ ।

नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत र केन्द्रिय समितिका कार्यक्रम संयोजक रामप्रसाद दाहालले कार्यक्रमवारे प्रकास पारेका थिए ।

तालिममा जिल्लाका क्रियाशिल २५ जना पत्रकारहरुको सहभागिता रहेको छ । उक्त कायर्क्रमको सहजीकरण महासघं दाङका सचिब आर.के. शितलले गरेका थिए ।

४ दिन सम्म चल्ने तालिमको प्रमुख प्रशिक्षकमा महासघ पुर्ब केन्द्रिय अध्यक्ष डा. महेन्द्र बिष्ट रहेका छन ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *