२०८१ असार २९ गते शुक्रवार

सल्यानमा अरिंगालको टोकाईबाट आमा छोरीको मृत्यु,एक जनाको उपचार जारी

दाङ,कात्तिक १ । सल्यानमा अरिंगालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ । अर्का एक जना घाइतेको उपचार जारी रहेको छ ।

जिल्लाको शिद्ध कुमाख गाउँपालिका वडा नं. १ हामपालकी २१ बर्षीया शोभा बस्नेत वुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती वुढाथोकी र शोभाका अंकल २१ बर्षीय नबिन बस्नेत अरिंगालको टोकाईबाट घाइते भएका थिए ।

उनीहरु घरदेखि करिब एक घन्टा टाढा पर्ने आफ्नै खेतमा धान काट्न गएका थिए ।

सोमबार बेलुका साढे ५ बजेतिर घर तर्फ फर्किदै गरेका उनीहरु तीनै जनालाई अरिंगालको टोकाईबाट गम्भीर घाइते भएका थिए ।
घाइते सबैलाई जिल्लाको श्रीनगरमा रहेको परोपरकार हस्पिटलमा उपचारका लागि लगिएको थियो ।

गम्भीर घाइते मध्य आमा छोरीको उपचार जिल्लामा संभव नहुने देखिएपछि प्रारम्भीक उपचार पछि थप उपचारका लागि दाङ हुँदै बाँके तर्फ लैजान क्रममा छोरी प्राप्तीको सल्यानकै शंखुमलस्थित बाटोमै बेलुका पौने ८ बजेतिर मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार शोभालाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

मंगलबार बिहान १ बजेतिर शोभालाई कोहलपुर पु¥याइएको थियो । मृत्यु भएका आमा छोरीको शब जिल्ला अस्पताल सल्यान खलंगामा पोष्टमार्टमका लागि राखिएको छ ।

घाइते शोभाका अंकल वस्नेतको भने जिल्लाको श्रीनगरस्थित परोकपकार हस्पिटलमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *