तुलसीपुर,असोज ३० । तुलसीपुरमा खोलामा बगेर तीन वर्षीय बालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराको श्रवण टोल बस्रने जीवन बस्नेतका छोरा ललित बस्नेतको खोलामा बगेर मृत्यु भएको हो।
गहते खोला र पातुखोलाको दोभानमा लुगा धुन गएकी आमासँगै गएका बालक खोलामा बगेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार बालकको शव झन्डै एक सय मिटर तल झाडीमा भेटिएको थियो ।
प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
