तुलसीपुर,असोज २९ । ज्येष्ठ नागरिक सम्वन्धी बनेका ऐन तथा नियमहरु कार्यान्वयन हुन नसकेको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् ।
बृद्धसेवा समिति ज्येष्ठ नागरिक समाज तुलसीपुरको १७ औं बार्षिक साधारण सभामा सहभागीहरुले ज्येष्ठ नागरिक मन्त्रलाय र ज्येष्ठ नागरिकको छुट्टै आयोगको गठन हुनुपर्ने बताएका हुन ।
बृद्धसेवा समिति ज्येष्ठ नागरीक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्ष तथा जिल्ला शाखा दाङका अध्यक्ष डा।भोलानाथ योगीको प्रमुख आतिथ्य एव तुलसीपुर उपमहानगरपालिका महिला तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख माया श्रेष्ठको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघ संस्थामा निर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।
त्यस्तै ८० बर्ष माथिका ज्येष्ठ नागरिकहरु, विष्णुमणि उपाध्यय, मालिकादेवि उपाध्याय, गेदलाल उपाध्यायलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा महिला नेतृ सुष्मा गिरी लामिछाने समाज सेवि ध्रुव गौतम, प्रनवकुमार खड्काले प्रत्यक बर्ष एक एक जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने घोषणा गरेका थिए ।
साधारण सभामा सचिव राधेश्याम उपाध्यायले सचिवमो प्रगति तथा भावि योजनाको प्रतिवेदन र कोषध्यक्ष झग्गु प्रसाद गौतमले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
सल्लाहकार नारायण प्रसाद शर्मा, कार्यक्रममा वडा नं। ५ का वडासदस्य भिमबहादुर केसी, ज्येष्ठ नागरिक नगरसंजालको अध्यक्ष पूर्णबहादुर खड्का,कृष्ण बहादुर केसी, खगेन्द्र बस्याललगायतले बोलेका थिए ।
उपाध्यक्ष गोपालप्रसाद उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजि करण महासचिव इन्द्रबहादुर बुढाथोकीले गरेका थिए ।
सो अवसरमा फलफुल सहयोग ओजबहादुर खड्का र हंशराज केसीले गरेका थिए ।
