दाङ, असोज २९ । दाङको बबई नदी तर्ने क्रममा बगेर बेपत्ता ब्यक्तिको शब फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ का ५१ वर्षीय इन्द्रबहादुर चौधरी शुक्रबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बाट नदी पार गर्ने क्रममा बगेका थिए ।
इलाका प्रहरी कार्यालयका अनुसार चौधरीको शब बगेको ठाउँदेखि केही दक्षिण शनिबार बिहान फेला परेको हो ।
चौधरी बिहीबार तुलसीपुर –१३ स्थित गिधन्या गाउँमा आफन्तको १३ दिने शुद्धी शान्तिको कार्यक्रममा सहभागी हुन घरबाट गएका थिए ।
शुद्धीशान्तिको कार्यक्रमा सहभागी भइ शुक्रबार बबई तर्ने क्रममा उनी बगेका थिए । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टम पछि चौधरीको शब आफन्तले बुझेर लगेको प्रहरीले जानकारी दिएको छ ।
उनको चप्पल र ल्याएको बदाम बबई नदी किनारमा शुक्रबार बेलुकी नै फेला परेका थिए ।
प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार
