पाल्पा ,असोज २९ । रुखबाट खसेर पाल्पामा एक जना युवाको ज्यान गएको छ ।
अरिङ्गाल पोल्ने क्रममा सालको रुखबाट खसेर तिनाउँ गाउँपालिका–२ हापुरेका ३० वर्षीय विष्णुबहादुर सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घर नजिकैको तारे जङ्गलमा छिमेकी पूर्णबहादुर राना र विष्णु अरिङ्गाल पोल्न रुखमा चढेका थिए ।
रुखबाट खसेका सारुलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा पठाइए पनि उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार
