तुलसीपुर, असोज २८ । दाङको बबईमा बगेर बेपत्ता भएका ब्यक्तिको पहिचान खुलेको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार बगेर बेपत्ता हुने ब्यक्ति तुलसीपुर उपमहानगरपालिका वडा नं। १४ का ५१ बर्षीय इन्द्रबहादुर चौधरी हुन ।
बबईमा बगेका ब्यक्तिको पहिचान खुल्यो
तुलसीपुर, असोज २८ । दाङको बबईमा बगेर बेपत्ता भएका ब्यक्तिको पहिचान खुलेको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार बगेर बेपत्ता हुने ब्यक्ति तुलसीपुर उपमहानगरपालिका वडा नं। १४ का ५१ बर्षीय इन्द्रबहादुर चौधरी हुन ।
उनी तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ स्थित बखरियाबाट बबई तर्ने क्रममा शुक्रबार दिउँसो बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार चौधरी बिहीार तुलसीपुर – १३ गिधन्या गाउँमा आफन्तको १३ दिने शुद्धशान्तिको कार्यक्रममा सहभागी हुन गएका थिए ।
शुद्धशान्तिको कार्यक्रम सकेर घर तर्फ फर्किने क्रममा उनी शुक्रबार दिउँसो बबई नदी तर्ने क्रममा बगेका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका संचार शाखाका सञ्तोष बुढाथोकीले दिउँसोमा उनी बगेका थिए । तर, सुरुमा बग्ने ब्यक्तिको पहिचान हुन सकेको थिएन । बेलुका अबेर मात्रै उनको पहिचान खुलेको हो ।
दिउँसो चौधरीले नदी तर्दै गर्दा बखरियाका स्थानीयले बगेको देखेका थिए । त्यसको केही बेरपछि उनको चप्पल र उनले ल्याएको बदाम केही दक्षिणमा बबई किनारमा फेला परेको थियो ।
स्थानीय नदी तर्दै गर्दा चौधरी बेपत्ता भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि उनको खोजी सुरु भएको थियो । दिनभर खोजी गर्खापनि बेपत्ता चौधरीको शब फेला नपरेको र शनिबार बिहनदेखि फेरि खोजी कार्य सुरु हुने प्रहरीले जानकारी दिएको छ ।
