दाङ, असोज २८ । दाङको शान्तिनगरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट शान्तिनगर गाउँपालिका वडा नं. ७ का खैरेनीका केशब डाँगीका ५ बर्षीय छोरा स्मार्ट डाँगीको मृत्यु भएको छ ।
शुक्रबार बेलुका साढे चार बजेतिर हापुरेदेखि तुलसीपुर तर्फ आउँदै गरेको रा ७ प ३१३१ नम्बरको मोटरसाइकले बालकलाई खैरेनीमा ठक्कर दिएको थियो ।
घाइते बालकको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचाकार क्रममा पाँचबजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चालक र मोटरसाइकल बागर प्रहरी चौकीको नियन्त्रणमा रहेका छन् ।
प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार
