घोराही, असोज २८ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड दाङको २४ औँ बार्षिक साधारण सभा घोराहीमा शुक्रबार भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष गोबिन्दप्रशाद शर्माले ‘बचतमा बृद्धि, जिवनमा समृद्धि’ भन्ने मान्यताका साथ काम गर्नुपर्ने जोड दिए ।
ऋणमात्र दिने भन्दा पनि बचत गर्नका लागि सहकारीहरुले सदस्यहरुलाई उत्प्ररेरित गर्नुपर्ने भन्दै उनले यस मार्गमा सामुदायिक सहकारी अगाडि बढी रहेको भन्दै खुसी ब्यक्त गरे ।
कर्यक्रमकी विशिष्ठ अतिथि संस्थाका संस्थापक अध्यक्ष विमला योगीले समाजमा छरिएर रहेको पूजीलाई एकीकृत गरि विभिन्न आयस्रोत भएका वर्ग र समूहलाई समेट्दै सहकारीको माध्यमबाट स्वावलम्बी र आत्मनिर्भर बनाउँदै लैजाने उदेश्य रहेको बताइन ।
२०५४ सालमा स्थापना भएको संस्थाले सामाजिक र आर्थिक कार्यमा महत्वपूर्ण भूमिका खेलेको तथा भविश्यमा थप सक्रियताका साथ अगाडि बढने उनले बताइ ।
बार्षिक प्रतिवेदन संस्थाकी कार्यवाहक अध्यक्ष यमला गौतमले प्रस्तुत गर्दै आउने बर्षमा जेष्ठ नागरिक तथा बालबालिकाको लागि आँखा शिविर र महिलाहरुको प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिइन ।
कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य कल्पना कार्कीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक हेमन्ता योगीले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
साधारण सभाको अवसरमा उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो ।
