काठमाण्डौ ,असोज २७ । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाण्डौले अनुमति दिएको छ ।
यसअघि जिल्ला अदालत काठमाण्डौले २० गतेदेखि गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको थियो । सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले आज फेरि म्याद थपका लागि अनुमति मागेको हो ।
गएको २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । सन्दीपमाथि १७ वर्षकी किशोरीले बलात्कार आरोप लगाएकी छिन् ।
किशोरीले गएको भदौ २१ गएकोे प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।
प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार
