तुलसीपुर,२६ असोज । अप्टिमिष्ट क्लब अफ तुलसीपुरले विद्यार्थी सुधार्ने अभियान सुरु गरेको छ ।
बुधबारदेखि उक्त अभियान सुरु भएको हो । तुलसीपुर १८ स्थित न्यू स्टार सेकेन्डरी स्कुलबाट उक्त अभियान सुरु भएको हो ।
यो अभियान एक बर्षसम्म चल्ने क्लबका अध्यक्ष मानबहादुर बस्नेतले बताए । बुधबार सोही स्कुलका कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई मनोसामाजिक परामर्स प्रदान गरिएको हो ।
उनीहरुलाई कूलतलगायतका गतिबिधिबाट टाढा बनाई आदावादी बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।
विद्यार्थीहरुलाई पीआरओ डीआर भण्डारीले प्रशिक्षण दिएका थिए ।
क्लबका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता तथा वडा नं.१८ का अध्यक्ष माधव वलीले पछिल्लो समय विद्यार्थीहरु कुलतमा फस्ने गरेको भन्दै उनीहरुलाई सुधार गर्न अप्टिमिष्टले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।
विद्यार्थीहरु समाज निर्माणको आधार भएकाले सभ्य समाज निर्माण गर्न विद्यार्थीहरु अनुशासित हुन आबश्यक रहेको बताए ।
आमावुवाले छोराछोरीबाट गरेको अपेक्षालाई विद्यार्थीहरुले गम्भीरताका साथ मनन् गर्नुपर्ने समेत बताए ।
त्यस अवसरमा क्लबका बरिष्ठ सल्लाहकार मेघराज घिमिरेले विद्यार्थी उमेरमा विद्यार्थीहरुलाई सही मार्गमा हिडाउन सकिएन भने उनीहरु गलत मार्गतिर हिड्ने र समाजलाई त्यसले नकारात्मक असर गर्ने भन्दै यो कार्यक्रम प्रभाबकारी रहेको बताए ।
यस्ता कार्यक्रम सबै बिद्यालयमा सञ्चालन हुने समेत उनले बताए । यो कार्यक्रम तुलसीपुरका सबै सामुदायिक तथा निजि विद्यालयमा सञ्चालन हुनेछ ।
कार्यक्रम संयोजक युवराज डीसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब एकराज भण्डारीले गरेका थिए ।
