२०८२ मङ्सिर २३ गते मङ्गलवार

राम्रो मात्रै सुन्ने र नराम्रो सुन्न नसक्ने मान्छे नेता हुन सक्दैन – घनश्याम पाण्डे

तुलसीपुर, असोज २६ । प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले सामाजिक संजालमा जनताले गरेको आलोचनालाई नकारात्मक रुपमा मात्र हेर्न नहुँने बताएका छन् ।

प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेश सभाका सदस्यका उम्मेदवार पाण्डेले कुनै पनि व्यक्तिले आफुले गरेको गल्ति आफै नदेख्ने र बाहिरको मान्छेले औंल्याइदिदा आफुभित्र भएका कमीकम्जोरीलाई सुधार गर्न मद्त मिल्ने पाण्डेले तर्क गरे ।

‘सबैले राम्रैराम्रो भन्दा बिग्रिन पनि सक्छ । त्यसको लागि खबरदारी पनि आवश्यक छ । त्यो भनेको आलोचना हो । टिप्पणी हो । नजिक भएकाले भेटेर यो भएन त्यो भएन भनेर गुनासो गर्नुहुन्छ । टाढा भएकाले समाजिक संजाल मार्फत आफ्नो गुनासो पोख्नुहुन्छ र आफुलाई हलुंगो महसुस गराउनुहुन्छ,’ उनले भने ‘ त्यसो गर्दा मैले गल्ति गरेको रहेछु भने आगामी दिनमा आफुलाई सुधार गरेर लैजान्छु । त्यो मेरा लागी ठूलो मौका हो र मेरा लागि इमपावर पनि हो । त्यसकारण गाली गर्नेहर मेरा प्रशंसक पनि हुन ।’

सामाजिक काम गर्दा जनताको गाली र ताली दुबै आउने भएकाले राम्रो मात्रै सुन्ने र नराम्रो सुन्न नसक्ने मान्छे जनताको नेता हुनै नसक्ने समेत पाण्डेको तर्क थियो ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *