२०८२ मङ्सिर २४ गते बुधवार

खोलाले बगाउँदा एक जनाको मृत्यु

अर्घाखाँची,असोज २६ । अर्घाखाँचीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

छत्रदेव गाउँपालिका–३ का ६५ वर्षीय धनबहादुर घर्तीलाई स्थानीय बेङ्दि खोलाले बगाउँदा मृत्यु भएको हो ।

गोरु चराउनका लागि खोला तर्ने क्रममा घर्तीलाई बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।

खोलाले बगाएर बेपत्ता हुनुभएका घर्तीको खोजतलास गर्दा घटनास्थलदेखि १० किलोमिटर तल धोबीघाटमा शव फेला परेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *