२०८१ साउन ५ गते शनिवार

तुलसीपुरमा पानी जमेको खाल्डोमा डुवेर एक पुरुषको मृत्यु

तुलसीपुर,असोज २४ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित हात्तिखौवामा पानी जमेको खाल्डोमा डुवेर एक पुरुषको मृत्यु भएको छ ।


मृत्यु हुनेमा तुलसीपुर – १ निवासी ४४ वर्षीय नुमप्रसाद भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए । मृतक भण्डारी तुलसीपुर – ६ मा आफ्नो दाजुको घरमा बस्दै आएका थिए ।

सोमवार बिहान स्थानीयले पानी जमेको खाल्डोमा भण्डारी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी मदिरा सेवन गर्ने र बेबारिसे अवस्थामा हिड्ने गरेको पारिवारिक श्रोतले बताएको छ ।

मृतकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाएको डिएसपी मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *