२०८१ असार ३१ गते आइतवार

तुलसीपुरमा झरीका बीच मनोनयन दर्ता

तुलसीपुर, असोज २३ । मध्यान्ह १२ बजेसम्म झिटफुट पानी परेपनि त्यसपछि ठूलो झरी सुरु भएको थियो । त्यतिखेर प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र पार्टीका कमल सुबेदी घन्टी बजाउँदै केही समुहसहित मनोनयन दर्ता गराउन पैदल हिडेर आएका थिए । लगतै तुलसीपुरमा झरी सुरु भएको थियो ।

तुलसीपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवारलाई दिउँसो १ बजे अगाबै मनोनयन दर्ताको लागि बोलाएको भएपनि तोकिएको समयमा झरीका कारण उनीहरु पुग्न सकेनन् ।


गाउँ गाउँबाट बसमा शक्ति पर्दशनका लागि बोलाइएका कार्यकर्तापनि झरीका कारण उम्मेदवारी दर्ता गराउँदा संगै जान सकेनन् । झाँकी जुलुससहित बजार परिक्रर्मा गरि निर्वाचन अधिकृतको कार्यलय पुग्ने उनीहरुको चाहाना बर्षाका कारण स्थगित हुन पुग्यो । त्यसपछि उनीहरु सवा एक बजेतिर छाता ओढेर पैदल हिड्दै नजिकैको भूसंरक्षण कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए ।


गठबन्धन दलहरुले पनि त्यसैगरि गाउँ गाउँबाट मानिसहरु शक्ति पर्दशनका लागि बोलाएका थिए । नेपाली काँग्रेस लगाएत गठबन्धन दलहरुलाई दुई बजे तिर निर्वाचन अधिकृतको कार्यालय मनोनयन दर्ताको लागि बोलाएको थियो ।

सवा २ बजे भित्रै मनोनयन दर्ताको लागि शुभसाइत हेराएका नेपाली काँग्रेसका केन्द्री सदस्य दीपक गिरी लगाएत गठबन्धनका उम्मेदवारहरु त्यसपछि गाडी चढेर मनोनयन दर्ताका लागि पुगेका थिए ।


मनोनयन दर्तापछि तुलसीपुर – ६ स्थित सम्पर्क कार्यालय पुगेपछि उनीहरुले त्यहाँ कोठाभित्र मनतब्यको कार्यक्रम राखेका थिए । झाँकी जुलुसका लागि बोलाइएका बाजा गाजा बजाउँदै उल्लास पूर्वक मनोनयन दर्ता गराउन नपाएपनि उनीहरुले त्यही केही बेर झरीका बीच बाजा गाजासहित नाचगान गरेका थिए ।

त्यस्तै नेकपा एमालेका उम्मेदवारहरु तुलसीपुर – ६ स्थित सब्जी मण्डि भित्रको ट्रष्टमा पुगेर मनतब्यको कार्यक्रम राख्दै नाचगान गरि रमाईलो गरेका थिए ।

बाजा गाजासहित उल्लास पूर्वक मनोनयन दर्ता गराउन जाने र शक्ति पर्दशन गर्ने दलहरुको चाहानामा झरीका कारण स्थगित हुन पुगेको थियो ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *