२०८२ मङ्सिर १९ गते शुक्रवार

बंगलाचुलीमा पहिरो र बाढीबाट दुई जनाको मृत्यु

तुलसीपुर, असोज २२ । दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले पुर्दा एक महिला र खोलामा आएको बाढीले बगाउँदा अर्का एक पुरुषको मृत्यु भएको छ ।


बंगलाचुली –४ गहतेराकी ३० बर्षीया हिरा नेपालीको पहिरोले पुर्दा मृत्यु भएको छ । शुक्रबार बेलुका स्थानीय खोलामा बाढी हेर्न भनेर जान थालेकी उनलाई माथिबाट झरेको पहिरोले पुरेको र अझैंसम्म निकाल्न नसकिएको जिल्ला प्रहरी प्रबक्ता राजन गौतमले जानकारी दिए ।


त्यस्तै बंगलाचुली – ७ लातेका ८० बर्षीय जयराम बुढा मगरको स्थानीय साउने खोलाले बगाउँदा मृत्यु भएको छ । गौतमका अनुसार मगरलाई शुक्रबार बेलुका ८ बजेतिर स्थानीय साउने खोलाले बगाएर बेपत्ता पारेको थियो । मगरको शव शनिबार बिहान ९ किलोमिटर दक्षिणको बगरमा फेला परेको गौतमले जानकारी दिए ।

यसअघि बुधबार जिल्लाको तुलसीपुरमा एक जना र घोराहीमा अर्का जनाको मृत्यु भएको थियो । गुर्जे खोलाले बगाएका घोराही – १० का एक जनाको अवस्था भने अझैं अज्ञात नै रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *