२०८२ मङ्सिर १९ गते शुक्रवार

बाँकेको टिकुलीपुरमा राप्ती नदीको बाढी पसेपछि दुई हजार मानिस विस्थापित

नेपालगञ्ज ,असोज २२ । बाँकेको राप्तीसोनारी गाउँपालिका – २ टिकुलीपुरमा राप्ती नदीको बाढी पसेपछि दुई हजार मानिस सामुदायिक भवनमा गएर बसेका छन् ।

राती एक बजे बाढी पसेपछि ४ सय ५० घरधुरीका मानिस विस्थापित भएका हुन् । उनीहरू जनकल्याण सामुदायिक भवनमा गएर बसेका छन् ।

राप्तीमा पानीको सतह ९ मिटर कटेको छ । बाढीले बाढी मापन केन्द्र नै बगाइदिएको छ । त्यसले गर्दा ९ मिटर माथीको पानीको सतह मापन हुन सकेको छैन ।

पानीको सतह बढिरहेकाले तल्लो तटका बासिन्दालाई सुरक्षित ठाउँमा बस्न भनिएको छ ।

नदी बढ्दा बिहानदेखि अगैयास्थित बैसा पिकनिक स्थल अगाडिबाट कटान गरेर पानी गाउँ पस्न थालेको छ ।

बाँके प्रहरीले डुवान क्षेत्रहरूमा प्रहरी परिचालन गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *