२०८२ जेष्ठ ११ गते शुक्रवार

दाङको देउखुरी क्षेत्र जलमग्न , सयौं घर डुवानमा


तुलसीपुर, असोज २१ । दाङको देउखुरी क्षेत्र जलमग्न बनेको छ ।

राप्ती र गढुवा गाउँपालिका तथा लमही नगरपालिका वडा नं. ८ धनपुरुवमा बाढी पसेको छ । जस्ले गर्दा सयौं घर डुवानमा परेका छन् ।

त्यहाँका सर्वसाधारणको बिचल्ली भएको छ ।
तीन दिनदेखिको अबिरल बर्षाका कारण राप्ती नदी लगाएत स्थानीय खोलाहरुमा आएको बाढीले देउखुरी क्षेत्र जलमग्न बनेको हो ।

स्थानीय खोलाहरुको बाहाब राप्ती नदीको बाढीले रोकिन पुग्दा बाढी बस्तिमा पसेको हो ।
राप्ती गाउँपालिकाको वडा नं. ५,६ र ७ का दुई सय ५० बढी घर डुवानमा परेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले वडा नं. ६ मा घर डुवानमा पर्दा छानामा बसेर हार गुहार गरि रहेका ६ जनालाई उद्धार गरिएको जानकारी दिए । वडा नं. ६ सिसहनीयास्थित इलाका प्रहरी कार्यालय सिसहनीयामा बाढी पसेको छ ।

स्थानीय दोलाई खोलाको बाढी पसेपछि त्यहाँ कार्यरत ११ जना प्रहरीसहित हातहतियार, संचारसेट लगाएका महत्वपूर्ण सामाग्री अनेत्र सुरक्षित ठाउँमा स्थान्तरण गरिएको प्रबक्ता गौतमले बताए ।

त्यस्तै दाङ देउखुरी कै गढवा गाउँपालिका क्षेत्रपनि जलमग्न बनेको छ । गढवाका अधिकाँस वडाका घर बस्ति डुवानमा परेका छन् । दाङमा पानी पर्ने क्रम नरोकिए जोखिम बढ्न सक्ने खतरा रहेको जिल्ला प्रहरी प्रबक्ता गौतमले जानकारी दिए ।

गढवाका गाउँपालिका अन्तरगत वडा नं. ४, ५ र ७ नम्बर वडाका सयौं घर डुवानमा परेको र सर्वसाधारणको बिचल्ली भएको स्थानीय पत्रकार दुखहरण यादवले बताए ।
गाउँपालिकाको झन्डै दश गाउँ डुवानमा परेको तथा गढवा बजारसमेत डुवानमा परेका छन् ।

गढवा बजारको सामदुायिक पुस्ताकालयको पर्खाल ढलेको, गढवा – ७ वडा कार्यालयको पर्खाल ढलेको, पुरानो गढवा गाउँपालिका भवन तथा हाल लुम्बिनी प्रदेशका सभामुखको लागि भनेर प्रस्ताबित आबास डुवानमा परेको छ ।

राप्ती तटिय क्षेत्रका तकियापुर, बोझिपुर, लोखरपुर लगाएतका गाउँमा राप्तीको बाढी पसेर डुवानमा परेका छन् ।

राप्तीको बाढीले ब्लक गर्दा स्थान खोलाहरु थुनिएर धर्मापुर, झारबैरा, कान्छी गाउँ, भक्नहवा, मोतिपुर, सेमरी लगाएका गाउँ बस्ति डुवानमा परेका छन् ।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *