तुलसीपुर, असोज २० । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बगरपुरको बबई नदीको किनारमा फेला परेका तीन शब पुराना रहेको प्रहरीले जनाएको छ ।
सुरुमा स्थानीयले ती शबहरु बाढीले कतैबाट बगाएर ल्याएको हुन सक्ने आशंका ब्यक्त गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लसहितको टोली घटनास्थल पुगेका थियो ।
घटनास्थल पुगेपछि बाढीले गाडेका पुराना शबहरु निकालेर किनारमा फालेको अवस्थामा फेला परेको तथ्य खुलेको डिएसपी मल्लले बताए ।
ती शबहरु क्रिष्चियन धर्मालम्बीहरुले गाडेका पुराना शबहरु रहेको र बबईमा आएको बाढीले अहिले निकालेर किनारमा फालेको डिएसपी मल्लले जानकारी दिए ।
आफन्तलाई खोजेर पुनः ती शबहरु सुरक्षित स्थानमा गाड्न लगाएको डिएसपी मल्लले बताए ।
प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
